बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

स्वास्थ्य केन्द्र बनाउन निशुल्क जग्गा

स्वास्थ्य केन्द्र बनाउन निशुल्क जग्गा


  • ढोरपाटन संवाददाता
  • असार २६ २०७८, शनिबार
पुतलीबजार नगरपालिका–४ नागडाडामा आधारभुत स्वास्थ्य केन्द्रका लागि नगरपालिका पुगेर जग्गााको लालपुर्जा गर्दै । तस्विरः अर्जुन काफ्ले

स्याङ्जा, २६ असार– जग्गाको अभावमा पुतलीबजार नगरपालिका–४ नागडाँडामा निर्माण हुन नसकेको आधारभुत स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ । स्थानीय सेतीदेवी पोखरेल र चुडामणि पोखरेलले निशुल्क जग्गा प्रदान गरेपछि आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुने भएको हो ।
पोखरेलद्वयले पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीलाई जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गरेका हुन् ।
आधारभुत स्वास्थ्य केन्द्रका लागि निशुल्क रुपमा स्थानीय चुडामणि पोखरेलले नागडाँडामा रहेको १० आना ३ दाम र सेतीदेवी पोखरेलले २ आना ३ दाम जग्गा उपलब्ध गराएका हुन् । जग्गाधनी प्रमाण पुर्जा ग्रहण गर्दै नगरप्रमुख क्षेत्रीले द्वय पोखरलेले जग्गा उपलब्ध गराएर स्वास्थ्य चौकी निर्माणमा सार्थकता पाएको बताइन् ।
उनले प्राप्त जग्गामा भवन निर्माण गरी स्थानीयहरुलाई आवश्यक पर्ने स्वास्थ्य सेवा चाँडोभन्दा चाँडो उपलब्ध गराइने सुनाइन् । पोखरेलद्वयले मालपोत कार्यालयबाट आधारभुत स्वास्थ्य केन्द्रका नाममा पास गरी उक्त जग्गा उपलब्ध गराएका हुन् । जग्गा हस्तान्तरण कार्यक्रममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, योजना अधिकृत ताराचन्द्र ढकाल, वडा अध्यक्ष ओमबहादुर खड्का समाजसेवी अनन्त कुमार श्रेष्ठ लगाएतले स्वास्थ्य चौकी निर्माणको जग्गा प्रदान गरेर पालिका मात्र नभई गाउँबासीलाई समेत गुन लाएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->