स्याङ्जा, ८ साउन– नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसमा स्याङ्जामा १ सय ८८ जनाले रक्तदान गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाले उक्त रक्तदान कार्यक्रम गरेको हो ।
वालिङमा गरिएको कार्यक्रममा १२ जना महिला र १ सय ७६ पुरुषले रक्तदान गरेको संघका अध्यक्ष पारस सेनले जानकारी दिए । नेपाल रेडक्रसको समन्वयमा संकलित १ सय ८८ युनिट रगत पोखरा रक्त संकलन केन्द्र कास्कीलाई प्रदान गरिएको हो । रक्तदानमा वालिङ १ का कृष्ण खाणँले ४० औं र आधिखोला ३ का विश्व पौडेलले ३१ औं पटक रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य सीता सुन्दासले रक्तदानले रगत अभावमा जीवन र मृत्युसँग लडिरहेकाहरुका लागि जिवनदान हुने बताइन् । उनले पुष्पलालकोे ऐतिहासिक भूमिका र योगदानप्रति नेपाली समाज अभारी रहेको सुनाइन् । ‘पुष्पलालले देखाउनुभएको मार्गमा कम्युनिष्ट पार्टी हिँड्नुपर्छ,’ उनले भनिन् ।




