शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

निरविरेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र

निरविरेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र


  • ढोरपाटन सम्वाददाता
  • साउन ९ २०७८, शनिबार
पुतलीबजार नगरपालिका ३ निरविरेमा निर्माण गरिएको आधारभूत स्वास्थ्य केन्द्र । तस्वीर : अर्जुन काफ्ले

स्याङ्जा, ९ साउन– पुतलीबजार नगरपालिका ३, निरविरेमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको निर्माण गरिएको छ । स्वास्थ्य संस्था नभएका स्थानमा स्वास्थ्य संस्था निर्माण गर्ने सरकारको कार्यक्रमअनुसार निरविरेमा स्वास्थ्य सेवा केन्द्रको निर्माण गरेको हो ।
स्वास्थ्य मन्त्रालयको २५ लाख र पुतलीबजार नगरपालिकाको १० गरी ३५ लाख रुपैयाँ लागतमा ४ आना जग्गामा स्वास्थ्य सेवा केन्द्र बनेको हो । उक्त स्वास्थ्य केन्द्रबाट पुतलीबजार ३, ५, ७ र ८ का वडावासीले प्रत्यक्ष सेवा पाउने भएका छन् । विगतमा सामान्य उपचारमा जिल्ला अस्पताल पुग्नु पर्ने स्थानियको लागि स्वास्थ्य चौकी निर्माण पश्चात गाउमै सेवा पाउने भएका हुन् ।
आँधीखोला निर्माण सेवा केन्द्रले ४ वर्ष पहिला निर्माण गर्ने सम्झौता गरेपनि पनि समय गुजारेर सेवा केन्द्र निर्माण गरेको हो । आधारभूत स्वास्थ्य केन्द्रको उद््घाटनमा पुतलीबजार नगरपालिका प्रमुुख सीमाकुमारी क्षेत्रीले मानिसको पहिलोे आवश्यकता स्वास्थ्य रहेको बताए । उनले भने, ‘स्वास्थ्यको पहुँच गाउँगाउँमा पु¥याउन स्वास्थ्य संस्थाको निर्माण गरिएको हो ।’
उनले पालिकाले बेरोजगार युवायुवतीहरुलाई रोजगार दिन विभिन्न कार्यक्रम ल्याएको सुनाए । उनले पालिकाका अन्य कार्यक्रममा जोडिन पनि आग्रह गरे । कार्यक्रममा प्रमुुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मालले पालिकाले विभिन्न कार्यक्रमहरु सुरु गरेको जानकारी दिए । कार्यक्रममा जग्गा दाता केशव प्रसाद मरासिनी, समाजेवीहरु दीर्घनारायण शर्मा र पानु शर्मालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->