शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चीनबाट आज थप आठ लाख डोज खोप आइपुग्यो

चीनबाट आज थप आठ लाख डोज खोप आइपुग्यो


  • ढोरपाटन सम्वाददाता
  • साउन १५ २०७८, शुक्रबार

काठमाडौं, १५ साउन– शुक्रबार चीनबाट थप ८ लाख भेरोसेल खोप नेपाल आइपुगेको छ । नेपालले खरिद गरेको ४० लाख डोजमध्येको अन्तिम खेपअन्तर्गत सो परिमाणको खोप आइपुगेको हो । बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको जहाज शुक्रबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।
थप ८ लाख डोज खोप ल्याउन निगमको जहाज साउन २४ गते बेइजिङ जाने कार्यक्रम रहेको पौडेलको भनाई छ । थप ८ लाख डोज खरिद वा अनुदानमा आउन लागेको हो भन्ने कुरा उनले खुलाएनन् । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्दै चिनियाँ राजदूत होउ यान्छीले १६ लाख डोज खोप अनुदानमा दिने जनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->