स्याङ्जा, १६ साउन– आर्थिक बर्ष २०७७÷७८ मा जिल्ला अदालत स्याङ्जाले ५९.२४ प्रतिशत मुद्दा फस्र्यौट गरेको छ । अघिल्लो वर्ष लगत सरी आएको ३ सय ८० सहित ९ सय ४७ मुद्दामध्ये ५ सय ६१ वटा फस्र्यौट भएको जिल्ला न्यायधीश वसन्तराज पौडेलले बताए ।
अघिल्लो वर्ष ८ सय ५५ वटा मुद्दामध्ये ४ सय ७५ फस्र्योट भई ३८० मुद्दा किनारा लाग्न बाँकी रहेकोमा यस आर्थिक वर्षमा ५ प्रतिशत बढी मुद्दा फस्र्यौट भएको पौडेलले बताए । यहाँ सम्बन्ध विच्छेदमा ६३, अंश मानाचामल ७३, जबरजस्ती करणी ३१, लागु औषध ९, कर्तव्य ज्यान १९, सवारी ज्यान १५, हातहतियार ७, बहुविवाह ९, बालविवाह २, आत्महत्या दुरुत्साहन २, अभद्र व्यवहार ४, राज्यविरुद्धका कसुर २ चोरी ७, ठगी २, लेनदेन १४, जालसाजी ४९, अन्य ७८ गरी ३८३ मुद्दा अदालतमा विचाराधीन छन् ।
अदालतमा दण्ड जरिवाना असुल तहसिलतर्फ ३ करोड १९ लाख ६३ हजार ४९४ रुपैयाँ बाँकी रहेको र एक हजार १ सय ११ वर्ष ९ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी छ । अदालतमा ३९ हजार ८ सय २३ मिशिल संख्या रहेको र विस २०२० भन्दा अघिका मिशिल सफटवेयरमा प्रविष्ट हुन बाँकी रहेका छन् ।सम्बन्ध विच्छेदका आर्थिक बर्ष २०७७÷०७८ का २३० वटा र अघिल्ला बर्षका ७२ गरी ३०२ वटा मुद्धा रहेकोमा २४१ वटा फस्र्योट भएको छन् ।
जग्गा, आवास भवन, विद्युतीय प्रविधि र उपकरण र सवारी साधन समस्या र चुनौती रहेको पौडेलले बताए । उनले भने, ‘जीर्ण र पुराना अवस्थाको भवन, बढ्दो मुद्धाका चाप, अपुग जनशक्ति पनि अदालतले झैल्दै आएका समस्या रहेको छ ।’




