शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क नलिन निर्देशन

कोरोना खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क नलिन निर्देशन

कोरोना रोकथाम तथा नियन्त्रण गर्न एक सय दिनको योजना बनाउने तयारी


  • ढोरपाटन सम्वाददाता
  • साउन १७ २०७८, आइतबार
फाईल तस्विर

काठमाडौं, १७ साउन– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरूद्धको खोप लगाएको प्रमाण पत्र वितरण गर्दा शुल्क नलिन सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ । आइतबार सूचना जारी गर्दै मन्त्रालयले केही अस्पतालहरूले खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क लिने गरेको जनगुनासो आएको भन्दै ती अस्पताललाई शुल्क नलिन भनेको छ ।
पछिल्लो समय विभिन्न देशहरूले बाहिरबाट आउने कामदार र नागरिकलाई खोप अनिवार्य गरेपछि अहिले खोप लगाएको प्रमाण पत्र लिनेको संख्या बढेको छ । खोप लगाएपछि विदेशमा जाँदा क्वारेन्टिन बस्नुनपर्ने भएपछि अहिले सबै कामदारहरूले खोप लगाएको प्रमाण पत्र लिने गरेका हुन् ।
यसैबीच, सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न एक सय दिनको योजना बनाउने तयारी गरेको छ । आइतबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ उपस्थित बैठकमा यसबारे कुराकानी भएको हो ।
बैठकमा गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायतको सहभागी रहेको थियो । गृहमन्त्री खाणले बैठकमा कोरोना नियन्त्रण चुनौतिपूर्ण रहेकोले सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->