शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा एकैदिन १७२ संक्रमित थपिए, सक्रिय संक्रमित ६५० पुगे

बागलुङमा एकैदिन १७२ संक्रमित थपिए, सक्रिय संक्रमित ६५० पुगे


  • ढोरपाटन सम्वाददाता
  • साउन २३ २०७८, शनिबार

बागलुङ/शनिबार बागलुङमा कोरोनाका सक्रिय संक्रमित ६ सय ५० जना पुगेका छन् । शनिवार मात्रै १ सय ७२ संक्रमित थपिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । यो कोरोना संक्रमण फैलिएपछिकै सबैभन्दा धेरै सक्रिय संक्रमितको संख्या हो ।
थपिएकामध्ये १ सय १० जना बागलुङ नगरपालिका भित्रका मात्रै छन् । ती संक्रमित थपिएपछि नगरपालिकाभित्र मात्रै ३ सय ५ जना सक्रिय संक्रमित पुगेका छन् । केही दिनदेखि बागलुङको बलेवा क्षेत्रमा संक्रमणको दर अत्याधिक बढेको छ ।
त्यसपछि जैमिनी नगरपालिकामा एन्टीजेन्ट विधिबाट २४ जना संक्रमित थपिएका छन् । शनिवार सम्ममा बरेङ गाउँपालिकामा १ सय ९ जना, जैमिनी नगरपालिकामा ७१ र बडिगाड गाउँपालिकामा ३३ जना सक्रिय संक्रमित पुगेका छन् । काठेखोला, ढोरपाटन र गलकोटमा भने दुइ दर्जन हाराहारीमा सक्रिय संक्रमित छन् । लक्षण सहितका बिरामी समेत देखिएपछि केही स्थानमा स्वास्थ्य कार्यालयले पिसिआर र एन्टीजेन्ट परीक्षण बढाएको थियो । अझै केही संख्या बढ्न सक्ने घिमिरेले जानकारी दिए । जिल्लामा अहिलेसम्म ६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
संक्रमण बढेपछि बलेवा क्षेत्रमा कडाइ गरिएको छ । बरेङ गाउँपालिकाले पनि घरबाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ । प्रशासनले भने निशेधाज्ञालाई खुकुलो बनाएको छ । जिल्लाभित्र र लामो दुरीका सावरी साधन चलेका छन् । होटल तथा रेष्टुरेन्टहरु नियमित जस्तो खुलेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->