शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखराका अस्पतालले भर्ना लिन मानेनन्, ७० बर्षिया संक्रमितको बाटोमै मृत्यु

पोखराका अस्पतालले भर्ना लिन मानेनन्, ७० बर्षिया संक्रमितको बाटोमै मृत्यु


  • ढोरपाटन संवाददाता
  • साउन ३२ २०७८, सोमबार
फाईल तस्वीर ।

बागलुङ– बागलुङ नगरपालिका–१२ अमलाचौरकी ७० बर्षिया कोरोना संक्रमित महिलाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ । आईतबार संक्रमण पुष्टि भएर पोखरा पु¥याईएकी उनको पोखराका अस्पतालहरुले भर्ना लिन नमानेपछि बागलुङ फार्काउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
सोमबार दिउँसो उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ स्रोतव्यक्ति देवप्रकाश घिमिरेले बताए । कोभिड निमोनियाले ग्रस्त ती महिलालाई लक्षणहरु देखिएपछि जाँच गरिएको थियो । अमलाचौरमा कोरोना फैलिएका कारण गाउँभरी मिल्दाजुल्दा लक्षण भएका बिरामी छन् । जाँच भएकामध्ये अधिकांशमा संक्रमण देखिने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->