शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा ७२ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङमा ७२ बर्षिय संक्रमित पुरुषको मृत्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०७८, मंगलबार

बागलुङ/ धौलागिरी अस्पतालमा उपचार गराईरहेका एक संक्रमितको सोमबार राती मृत्यु भएको छ । बागलुङ नगरपालिका–१२ का ७२ बर्षिय पुरुषको सोमबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएका उनको धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचारको क्रममा मृत्यु भएको घिमिरेले बताए । उनले साउन २६ गते कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका थिए । उनलाई जटिल प्रकारको कोभिड निमोनिया, मधुमेह, उच्च रक्तचाप लागयतका समस्या रहेको फोकलपर्सन घिमिरेले बताए । यससँगै बागलुङमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->