शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२४ वर्षबाट फरार प्रतिवादी पक्राउ

२४ वर्षबाट फरार प्रतिवादी पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७८, शुक्रबार

स्याङ्जा/ कर्तव्यज्यान मुद्दामा २४ वर्षबाट फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । प्रहरीले पुतलीबजार नगरपालिका १४ बस्ने ७४ वर्षीय यमप्रसाद पौडेललाई प्रक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

पौडेललाई गोप्य सूचनाको आधारमा पोखरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको अधिकारीले सुनाए । ०५४ कात्र्तिक ४ स्याङ्जा जिल्ला अदालतको फैसलाले पौडेललाई कर्तव्यज्यान मुद्धामा १९ वर्ष छ महिनामहिना १२ दिन तोकेको थियो ।

अदालतले फैसलासँगै पौडेले लामो समयदेखि फरार रहेको पक्राउ गरिएको अधिकारीले जनाए । पौडेललाई सम्मानित जिल्ला अदालत समक्ष पेश गरी कैद भुक्तानी लागि जिल्ला कारागार स्याङ्जा पठाएको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->