स्याङ्जा /जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारी ०७७ सालको ‘उत्कृष्ट प्रहरी’ पुरस्कारबाट सम्मानित भएका छन् ।
अधिकारीले मातहतका प्रहरी कर्मचारीहरुलाई उचित ढंगले परिचालन गरी प्रहरी कार्य, प्रशासनिक व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण लगायत फरार रहेका विभिन्न प्रतिवादीहरु पक्राउ लगायतमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
अवैध घरेलु मदिरा नियन्त्रण, कोभिड १९ नियन्त्रण एवं विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालनमा उत्कृष्ट कार्यान्वयन गराउन डिएसपी अधिकारीको भूमिका प्रभावकारी रहेको प्रहरी प्रमुख बोगटीले सुनाए । सूचनालाई चुस्त दुरुस्त राख्न र प्रवाहमा भूमिका राम्रो हुँदा कार्यालयको काममा पारदर्शिता देखिएको बताउँदै बोगटीले जसले गण्डकी प्रदेशकै उत्कृष्ट हुन सफलता तुल्याएको बताए ।
सम्मानित डिएसपी अधिकारी १५ महिनाअघि जिल्लामा आएका हुन् । वर्ष दिनभित्र जिल्ला प्रहरी कार्यालयमा रहेका १२ जना प्रहरी कर्मचारी पुरस्कृत भइसकेका छन् ।




