शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हवल्दार परिवारलाई सहयोग

हवल्दार परिवारलाई सहयोग


  • ढोरपाटन संबाददाता
  • भाद्र २३ २०७८, बुधबार

स्याङ्जा/ कोरोनाको सङक्रमणबाट निधन भएका प्रहरी हवल्दारको परिवारलाई स्याङ्जाका प्रहरी परिवारले आर्थिक सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको मातहतको रत्नपुर प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार अस्मित पोख्रेलको कोरोना संक्रमणको कारण निधन भएपछि स्याङ्जामा कार्यरत प्रहरी उपरीक्षक होबिन्द्र बोगटीसहित प्रहरी कर्मचारीहरुले मृतकका परिवारलाई आर्थिक सहयोग गरेका हुन ।

स्वर्गीय पोख्रेलका ५ वर्षीय र १० वर्षीय दुई बालबच्चाको शिक्षालाई सहयोग हुने गरी ४ लाख एक हजार १११ रुपियाँ सहयोग गरेको बोगटीले बताए । गुल्मी जिल्लाको मालिका गाउँपालिका अर्जे घर भई स्याङ्जाको रत्नपुर प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार पोख्रेलको प्रहरी अस्पताल काठमाडौँमा उपचारको क्रममा गत साउन २५ गते निधन भएको थियो ।

रुपन्देही जील्लाको मणिग्राममा बसोबास गर्ने स्व.पोखरेलको परिवारलाई घरमै पुगेर जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक बोगटीले आर्थिक सहयोग गरेका हुन् । जागिरको शिलशिलामा कोभिड भई निधन भएकोमा गहिरो समवेदना प्रकट गर्दै बच्चाबच्चीको भविष्यको लागि आर्थिक सहयोग गरेको बोगटीले सुनाए । जिल्ला प्रहरी कार्यालय र मातहतमा रहेका प्रहरीले सहकर्मी पोख्रेलको निधन प्रती श्रद्धांजली व्यक्त गर्दै स्वेच्छिक आर्थिक सहयोग गरेको बोगटीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->