शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा जीपको ठक्करबाट छ बर्षिय बालकको मृत्यु

स्याङ्जामा जीपको ठक्करबाट छ बर्षिय बालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७८, आइतबार

स्याङ्जा/ पुतलीबजार नगरपालिकामा जीपको ठक्करबाट छ बर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पुतलीबजार नगरपालिका १० राङखोलाको समाताटोलका आयोन गुरुङ रहेका छन् ।

राङखोलाबाट भित्री सडक खण्डमा समाताटोलतर्फ जाँदै गरेको लु १ च ६०७९ नम्बरको जीपले ठक्कर दिँदा गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।
जीप चालक पुतलीबजार नगरपालिका १० राङखोलाका २८ वर्षीय निरज शाही फरार रहेको र खोजतलास अगाडी बढाएको अधिकारीले बताए । जिप भने प्रहरीको नियन्त्रणमा रहेको अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->