शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बिरुवाले ग¥यो प्रअहरुसँग कार्यसम्पादन सम्झौता

बिरुवाले ग¥यो प्रअहरुसँग कार्यसम्पादन सम्झौता


  • ढोरपाटन संबाददाता
  • भाद्र ३१ २०७८, बिहिबार

बागलुङ/ स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका सबै सामुदायिक विद्यायका प्रद्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । भदौ २९ गते बाल दिवसको अवसर पारेर एउटा विशेष कार्यक्रमबीच ३६ वटा सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुसँग सम्झौता गरेको हो ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्विका लागि महत्वपूर्ण सहयोग गर्ने बताए । उनले गाउँपालिकाले यो अभियानमा सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुबाट समेत सहयोगको अपेक्षा राखेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले प्रधानाध्यापकहरुसँग ३ वर्षको कार्यसम्पादन सम्झौता गरिएको बताए । उनका अनुसार यो अवधिमा विद्यालयले अन्य विभिन्न शैक्षिक सूचकका अलावा मुख्यगरी विद्यार्थीको सिकाइ उपलब्धिमा गत शैक्षिक शत्रलाई आधार मानी १० प्रतिशतले अभिवृद्वि गर्ने लक्ष्य राखिएको छ ।

यसअघि गाउँपालिका कार्यालयको तर्फबाट आफूले शिक्षा शाखा प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिसकेको छ । अब प्रधानाध्यापकहरुले आफ्न विषयगत शिक्षकहरुसँग समेत छुट्टाछुट्टै सम्झौता गर्नुपर्ने उनले बताए । गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवलाल भुसालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन श्रीराम वाग्लेले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->