शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा जनगणना सुरु

स्याङ्जामा जनगणना सुरु


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०७८, सोमबार

स्याङ्जा/ १२ औं चरण देशव्यापी जनगणना स्याङजामा पनि सुरु भएको छ । जनगणना अन्तर्गतको पहिलो चरणको गणना सुपरीवेक्षकले काम अगाडि बढाएका हुन् ।

पहिलो चरणको गणनामा सूचिकरणको काम हुने र सूचिकरणको माध्यमबाट मुख्य जनगणना हुने जिल्ला जनगणना अधिकारी शारदा शर्माले बताइन् । पहिलो चरणमा घरसम्बन्धी विवरण, घरको प्रयोग, अक्सर बस्ने परिवार, कृषि विवरण, सरकारको अनुदानमा आवासीय घर निर्माण, परिवारको बैक खाता, प्राविधिक तथा व्यासायिक सीपसम्बन्धी विवरण आउने शर्माले बताइन् ।

यहाँ ९९ जना सुपरीवेक्षकले जनगणनाका काम सुरु गरेको शर्माले जानकारी दिइन् । ‘ती सुपरीवेक्षकबाट आएको विवरणको आधारमा गणना गरिनेछ,’ उनले भनिन् । यहाँका पुतलीबजार, वालिङ, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकामा स्थानीय जनगणना कार्यालय स्थापनागरी गणनामा सहज बनाइएको छ ।

पुतलीबजारमा स्थापित कार्यालयले पुतलीबजार सहित फेदीखोला, आँधीखोला र अर्जुनचौपारी गाउँपालिकाको जनगणना गर्ने छ भने वालिङको कार्यालयले वालिङ, चापाकोट, भिरकोट नगरपालिका, गल्याङमा स्थापित कार्यालयले गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाको जनगणना गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

बिरुवास्थित कार्यालयले बिरुवा र हरिनास गाउँपालिकामा गणना गर्नेगरी सुपरीवेक्षक खटाइएको हो । भदौ ३० गतेदेखि सुरु भएको पहिलो चरणको जनगणनाकालागि सुपरीवेक्षकले असोज १८ सम्म सूचि तयार गर्नेछन् । दोस्रो चरणको जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । २०६८ को जनगणना अनुसार स्याङ्जाको जनसंख्या २ लाख ८९ हजार १४८ रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->