स्याङ्जा– चाडपर्व नजिकिदै जाँदा घरेलु मदिरा नियन्त्रणमा स्याङ्जा प्रहरीले सक्रियता देखाएको छ । प्रहरीले सदरमुकाम लगायत जिल्लाका मुख्य बजारमा घरेलु मदिरा नष्ट गर्न अभियान नै बनाएर सक्रियता देखाएको हो ।
जिल्ला प्रहरीको सक्रियता एकै दिन सदरमुकामको बिरेन्द्र नगर, घुति चौकीबाट दुई हजार लिटर प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए । सदरमुकामको बिभिन्न ठाउँबाट बरामद गरेको घरेलु मदिरा स्थानीय जनप्रतिनिधी लगायतको रोहवरमा एक हजार दुई सय ५० लिटर कच्चा पदार्थ र ७५० लिटर घरेलु मदिरा प्रहरीले खाडलमा हालेर नष्ट गरेको हो ।
पुतलीबजार नगरपालिका–१ का केही होटल तथा पसलमा लुकी छिपी पारेर बिक्री बितरण गरेको खबर पश्चात मदिरा नियन्त्रणमा लिई नष्ट गरेको अधिकारले बताए । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै होटल पसलको अनुगमन गर्दा कानूनतः अवैध मानेको घरेलु मदिरा भेटेपछि नियन्त्रणमा लिई नष्ठ गरिएको हो ।
घरेलु हिंसा न्यूनीकरण र नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दे प्रहरीले अभियानलाई तीव्रता हो । घरेलु मदिरा नियन्त्रणका लागि प्रहरी अधिकृतसहितको टोली खटाएको र दशैअघि जिल्लाका सबै ठाउँमा छापामारी घरेलु मदिरा बेचबिखनमा कमी गरिने अधिकारीले बताए ।




