शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अवैध सालको काठसहित एक पक्राउ

अवैध सालको काठसहित एक पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७८, बिहिबार

स्याङ्जा\जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध सालको काठसहित एक जनालाई पक्राउ गरेको छ । कालीगण्डकी गाउँपालिका–७ बाट स्थानीय २८ बर्षिय नरबहादुर मगरले मिर्मितर्फ जाँदै गरेको सालको काठसहित पक्राउ गरेको हो ।
मगरले लु ३ ४२६७ नम्बरको ट्याक्टरमा लैजादै गरेको अवैध सालको काठ बरामद गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए । इलाका प्रहरी कार्यालय जैपते स्याङ्जाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सानो ठुलो गरी २६ थान अर्थात् ६० क्यूफिट सालको काठ फेला पारेको अधिकारीले बताए ।
बरामद गरेको काठसहित आवश्यक कारवाहीको लागि सब–डिभिजन वन कार्यालय गल्याङमा बुझाएको अधिकारीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->