शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पाँच महिनामा आधारभूत स्वास्थ्य केन्द्र

पाँच महिनामा आधारभूत स्वास्थ्य केन्द्र


  • ढोरपाटन संवाददाता
  • असोज १७ २०७८, आइतबार

स्याङ्जा/ पुतलीबजार नगरपालिका ४ नागडाँडामा थालनी भएको ५ महिनामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण भएको छ । स्थानीय जनताहरुलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नागडाँडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गरिएको हो ।

नगरपालिकाले २० लाखको लागनीमा नागडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरेको हो । गत जेठ ५ गते पन्चासे निर्माण सेवा सँग सम्झौेता गरेरको स्वास्थ्य केन्द्र ४ आनामा बनेको हो ।
स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले विस्तारै विस्तारै सिंहदरबारका अधिकार गाउँगाउँमा आउन थालेको बताइन् । ‘देश संघीयतामा गएसँगै जनताहरुले गाउँगाउँबाटै सेवा सुविधा पाउन सुरु गरेका छन्,’ उनले भनिन् ।

पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाले नागडाँडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरेको बताउँदै नगर प्रमुख क्षेत्रीले आवश्यकता अनुसार पालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, स्वास्थ्य कार्यालयका शाखा प्रमुख विष्णु प्रसाद शर्मा, जिल्ला समन्वय समितिका सदस्य गुमान सिंह थापा, नेकपा एमाले नेता ठमनारायण शर्मा, नेपाली कांग्रेसका टिपबहादुर थापा, माओवादीका हिमलाल गौतम लगायतले बोलेका थिए । कार्यक्रममा स्वास्थ्य केन्द्रको जग्गादाता चुणामणि पोखरेल र सेतीदेवी पोखरेललाई दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->