शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा जीप दुर्घटना: दुईको मृत्यु, १७ घाइते

स्याङ्जामा जीप दुर्घटना: दुईको मृत्यु, १७ घाइते


  • अर्जुन काफ्ले
  • असोज २४ २०७८, आइतबार
फाईल तस्वीर ।

स्याङ्जा – जिल्लाको वालिङ नगरपालिकामा आईतवार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।
जीप र्दुघटना परी मृत्यु हुने गल्याङ नगरपालिका-१० का ७७ वर्षीय दल बहादुर पल्ली र सोही ठाउँ बस्ने ३२ वर्षीय गंगा पल्ली रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
वालिङबाट लाखुडाँडा जाँदै गरेको ग १ ज ४९१८ नम्बरको जीप वालिङ नगरपालिका-१० मदिखोलामा दुर्घटना हुँदा १७ जना घाईते भएको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारले बताए ।
तीन जना घाइतेको अवस्था चिन्ताजनक रहेको छ । १३ जनाको अवस्था मध्यम र जीप चालकको अवस्था सामान्य रहेको प्रवक्ता अधिकारीले बताए ।
जीप सडकदेखि करिव ५० मिटर तल खसेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->