शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कृषि ज्ञान केन्द्र स्याङ्जा नयाँ भवनमा

कृषि ज्ञान केन्द्र स्याङ्जा नयाँ भवनमा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०७८, शनिबार
तस्वीर : पुतलीबजार नगरपालिका १ मा रहेको कृषि ज्ञान केन्द्र स्याङ्जाको नयाँ भवन ।

स्याङ्जा/ पुतलीबजार नगरपालिका–१ मा रहेको कृषि ज्ञान केन्द्र स्याङ्जाको भवन ९ महिनामै सम्पन्न भएको छ ।
एक करोड ४५ हजार ६२१ रुपैयाँको लागतमा भवन बनेको हो । भवनमा दुई तलामा १३ कोठा, एक सभा हल र तीन शौचालय रहेको छ । इन्जिनियर विश्वनाथ पौडेलका अनुसार भवन दुई हजार वर्गमिटरमा फैलिएको छ ।
प्रदेश सरकारको भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा बनेको हो ।नयाँ बाटो सरस्वती जेभी पोखराले भवन बनाएको हो । ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालका अनुसार अहिले नयाँ भवनबाटै सेवा प्रवाह सुरु गरिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->