शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गल्याङमा बन्यो तीन सय क्षमताको सिटी हल

गल्याङमा बन्यो तीन सय क्षमताको सिटी हल


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०७८, शुक्रबार

स्याङ्जा/ यहाँको गल्याङ नगरपालिकामो सिटी हल निर्माण भएको छ । हलमा २ सय ८८ जना अट्छन् । गल्याङबजार नजिकै गल्याङ नगरपालिका ३ मा रहेको हल सहरी विकास संघीय आयोजना कास्कीले बनाएको हो ।
३ करोड ६६ लाख ३५ हजार ३ सय ४३ रुपैयाँमा निर्मित सिटी हल भवनको क्षेत्रफलमा ६१२.८३ स्क्वााएर मिटर रहेको छ । भवनमा कार्यक्रम हलसहित प्रशासन भवन र शौचालयसमेत रहेको छ ।

फुलजोर जोशी जेभी निर्माण सेवाले २०७६ साल भदौ २२ गते निर्माणको जिम्मा लिएर दुई वर्षमा सक्ने गरी सम्झौता गरेको थियो । कोरोनाका कारण छ महिना समय थप गरेर निर्माण कम्पनीले निर्माण कार्य सकेको सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका आयोजना प्रमुख झपटबहादुर थापाले बताए ।

उनले समयमा नै सिटी हल नगरपालिका हस्तान्तरण गर्न पाउँदा आफुलाई खुशी लागेको बताए । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीलाई निर्माण कम्पनीले भवन जिम्मा दिएसँगै आयोजनाका प्रमुख थापाले हस्तान्तरण गरेका हुन् ।

सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाइ पोखराले यहाँका भिरकोट र चापाकोटमा समेत सिटी हल निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । निर्माणको ९० प्रतिशत काम सकिएको निर्माण व्यवसायी नोठप्रसाद खनालले जानकारी दिए ।समयमै निर्माण सक्ने दायित्व निर्माण कम्पनीको भएको बताउँदै खनालले थप समय भित्रै आयाजना कार्यान्वयन इकाइलाई जिम्मा दिने बताए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->