स्याङ्जा/ नेकपा माओवादी केन्द्रले स्याङ्जाका आठवटा पालिकाले नयाँ नेतृत्व प्राप्त गरेको छ ।
पालिका अधिवेशननले वालिङमा रमेश अर्यालको अध्यक्षतामा ५५ सदस्यीय, गल्याङमा लोकेन्द्र थापाको अध्यक्षतामा ६५ सदस्यीय, कालीगण्डकी गाउँपालिकामा ज्ञानप्रसाद भट्टराईको अध्यक्षतामा २९ सदस्यीय कमिटी निर्माण गरेको हो । यस्तै पुतलीबजार नगरपालिकामा मनबहादुर थापाको अध्यक्षतामा ६५ सदस्यीय, हरिनासमा नारायणसिंह थापाको अध्यक्षमा ५५ सदस्यीय र आँधीखोलामा नगेन्द्र पौडेलको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरेको न्यौपानेले बताए । यस्तै चापाकोटमा रुकबीर विकको अध्यक्षतामा ४५ सदस्यीय, अर्जुन चौपारीमा डिलबहादुर खत्रीको अध्यक्षतामा पालिका कमिटी चयन गरेको हो । भीरकोट, बिरुवा र फेँदिखोलामा १८ गतेसम्म नयाँ कमिटी निर्वाचित हुने न्यौपानेको भनाई थियो ।




