स्याङ्जा/ पत्रकार महिलाहरुको संस्था सञ्चारिका समूह स्याङ्जाको तेस्रो अधिवेशनले कला राना अध्यक्षतामा निर्विरोध नौ सदस्यीय कार्य समिति चयन गरेको छ ।
समूहको उपाध्यक्षमा साधना न्यौपाने, सचिवमा आरती कुँवर, कोषाध्यक्षमा अस्मिता राना रहेका छन् ।
सदस्यहरुमा फूलमाया रश्मी भट्टराई, ममता ज्ञवाली, अनिता गौतम, कामना सुनार, गीता भट्टराई चयन भएका छन् भने सल्लाहकारहरुमा भवानी अधिकारी र शान्ता थापा रहेका छन् ।
नवनिर्वाचित समूहलाई बधाई तथा शुभकामना दिँदै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले महिला पत्रकारहरुको साझा संस्था सञ्चारिका समूहलाई अगाडि बढाउन नगरपालिका प्रतिवद्ध रहेको बताइन् ।उनले महिला पत्रकारहरुको हकअधिकार र क्षमता अभिवृद्धिका लागी आवश्यक समन्वय र सहकार्य नगरपालिकाले गर्ने भन्दै सम्पुर्ण महिलाहरुको आवाज बुलन्द पार्न सञ्चारिका अब्बल बन्नुपर्ने बताइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले पत्रकार महासंघ महिला पत्रकारहरुलाई सँगसँगै अगाडि बढाउन प्रतिवद्ध रहेको बताए ।




