शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आँधीखोलाको शैक्षिक सप्ताह

आँधीखोलाको शैक्षिक सप्ताह


  • ढोरपाटन संवाददाता
  • पुष २ २०७८, शुक्रबार

स्याङ्जा/ स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा शैक्षिक सप्ताह गरेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत माध्यामिक तहस्तरीय छात्र–छात्रा भलिबल खेल र अन्य विभिन्न ६ विधाका अतिरिक्त क्रियाकलाप भएका हुन् ।
खेलकुदतर्फ आँधीखोला गाउँपालिका भित्रका माध्यमिक तहस्तरीय छात्र तथा छात्राहरुको सहभागिता थियो । प्रतियोगितामा छात्रतर्फ प्रथम त्रिशहीद नमूना मावि, पञ्चमूल भएको छ भने द्वितीय श्रवण मावि बाङसिङ र तृतीय जनप्रदीप मावि चिलाउनेबास छन् ।

त्यस्तै छात्रातर्फको प्रतियोगितामा श्रवण मावि पहिलो र जनप्रदीप मावि दोस्रो भएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताए ।
हाजिरी जवाफतर्फ श्रवण म वि प्रथम, त्रीशहिद नमूना मावि द्वितीय र प्रद्युम्न पनेरु मावि तृतीय भएका छन । नेपाली हिज्जे मा प्रद्युम्न पनेरु मावि प्रथम, त्रिशहीद नमूना मावि द्वितीय र जनप्रिय मावि तृतीय भए । अंग्रेजी हिज्जे प्रतियोगितामा जनप्रदिप मावि प्रथम, भगवती मावि द्वितीय र त्रिशहीद नमूना मावि तृतीय भए ।

नेपाली श्रृतिलेखन मा जनप्रदिप माविकी स्वस्थानी सापकोटा, शारदा माविकी आकृति ढकाल र त्रिशहीद नमूना माविकी सृष्टि ढकाल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन ।अंग्रेजी श्रृतिलेखनमा प्रधुम्न पनेरु माविका सविन भुजेल प्रथम, जनप्रदीप माविकी सम्पन्न पोख्रेल द्वितीय र शारदा मन्दिर माविकी रोशनी ढकाल तृतीय भए ।

चित्रकला प्रतियोगितामा जनहित माविकी डिम्पी गुरुङ, शारदा मन्दिर माविकी सिम्रन ढकाल र जनहित माविका विकास नेपाली क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन । समापन विजयी विद्याद्र्यीलाई गाउँपालिका अध्यक्ष सुधीर पौडेल र उपाध्यक्ष शर्मिलादेवी पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->