मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

भरूवा बन्दुकसहित एक पक्राउ

भरूवा बन्दुकसहित एक पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०७८, बुधबार

स्याङ्जा/जिल्ला प्रहरी कार्यालय स्याङजाले गाँजा र अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीरकोट नगरपालिका ७, खिलुङमा ४५ वर्षीय डुलबहादुर रोका छन् ।
प्रहरीले अवैध गाँजा र भरुवा बन्दुक लुकाई राखेको सूचनाको आधारमा रोकाको घरबाट प्रहरीले १४ केजी सुकेको गाँजा, एक थान एक नाले भरूवा बन्दुक, भरूवा बन्दुकमा प्रयोग हुने फलामको वेरिङ १० थान, सात थान सिसाको छर्रा, तीन ग्राम बारुद, केप तीन थान फेला पारेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए । प्रहरी पक्राउ गरेका रोकालाई लागुऔषध (गाँजा) सम्बन्धी कसुर र हातहतियार सम्बन्धी कसुर मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->