शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मोर्डना खोप स्याङ्जामा १२ हजारले लगाए

मोर्डना खोप स्याङ्जामा १२ हजारले लगाए


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०७८, बिहिबार

स्याङ्जा/कोरोनाविरुद्धको मोर्डना खोप तीन दिनमै स्याङ्जाका १२ हजार जना बालबालिकाले लगाएका छन् । १२ वर्ष देखि १७ वर्ष सम्मका २८ हजार सात जना खोप लगाउने बालबालिका रहेको जिल्ला स्वास्थ्य अधिकृत बसुन्धरा शर्माले जानकारी दिए ।
पुस ५ गते देखि बालबालिकाको लागि यहाँका ११ पालिकाका खोप लगाउन सुरु गरिएकोमा हरिनास, फेदीखोला र चापाकोटमा लगाएर सकिएको हो । यस्तै यहाँका कालिगण्डकी र भिरकोट बाहेकका आधीखोला, अर्जुन चौपारी र बिरुवा गाउँपालिका, पुतलीबजार, गल्याङ र वालिङ नगरपालिकामा बिहिबार सम्म बालबालिकामा सकिने शर्माले बताए ।
दुई सयभन्दा बढी विद्यार्थी रहेका ५१ विद्यालयमा विद्यालयमै पुगेर र सो भन्दा कम विद्यार्थी भएका विद्यार्थीलाई स्वास्थ्य केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ । शर्माले जिल्लाका सबै पालिकाभित्रका विद्यालय र अन्य बालबालिकालाई १० गतेभित्र खोप लगाएर सक्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->