शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गलकोटलाई फेरि पुतलीबजार कप

गलकोटलाई फेरि पुतलीबजार कप


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०७८, आइतबार

स्याङ्जा /साविक विजेता गलकोट गाउँपालिका बागलुङले दोस्रो पुतलीबजार कप अन्तर पालिका पुरुष भलिबलको उपाधि हात पारेको छ । गलकोटले शुक्लागण्डकी नगरपालिका तनहुँलाई ३–२ सेटले पराजित गर्दै पाँच लाख नगदसहित कप, मेडल र प्रमाणपत्र हात पारेको हो ।

देशकै सबैभन्दा ठूलो धनराशीको पुरुष भलिबलमा २१–२५, २५–१३, २१–२५, २५–२० र १५–१० अंकले पराजित गरेको हो । उपविजेतामा बनेको शुक्लाले नगद तीन लाख रुपैयाँसहित कप मेडल र प्रमाणपत्र हात पा¥यो ।
प्रतियोगितामा तेस्रो भएको आयोजक पुतलीबजार नगरपालिकाले एक लाख ५० हजार र चौथो बनेको वालिङ नगरपालिकाले ७५ हजार रुपियाँ नगद हात पारको एसियन रेफ्री टहल सिँह थापाले जानकारी दिए ।

प्रतियोगितमा बेष्ट प्लेयर गलकोटका प्रकाश सुनार, बेस्ट ब्लकर राजु विक गलकोट, बेस्ट कोच सुरेन्द्र केसी गलकोट, बेस्ट डिफेन्डर वालिङका ईश्वर गुरुङ, बेस्ट सर्भर विशाल ठकुरी शुक्लागण्डकी, बेस्ट स्पाइकर सञ्जुविक्रम शाह पुतलीबजार, बेस्ट सेटर अशोक ठकुरी शुक्लागण्डकी छनोट भएको थापाले बताए ।

पुतलीबजार नगरपालिकाको आर्थिक सहयोगमा पुतलीबजार नगर युवा सञ्जाल तथा खेलकुद विकास समितिले खेलकुद आयोजना गरेको हो । पुस ७ गतेबाट सुरु भएको प्रतियोगितामा स्याङ्जा, कास्की, तनहँु, बाग्लुङ, नवलपुर, पाल्पा, गुल्मी, धादिङ, अछामका खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->