शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मंगलबार २४ सय संक्रमित थपिए

मंगलबार २४ सय संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०७८, मंगलबार

काठमाडौं/पछिल्लो २४ घण्टामा मुलुकमा २ हजार ४ सय ४४ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ३३ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
मंगलबारै कोभिड संक्रमणले थप १ जनाको मृत्यु भएको छभने ३ सय १३ जना डिस्चार्ज भएका छन् । मुलुकभर सक्रिय संक्रमित संख्या ९ हजार ५ सय २२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ८० हजारले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो अवधीमा बढी संक्रमित हुने उमेर समूहमा २१ देखि ३० वर्षका ६ सय ३६ जना, ३१ देखि ४० वर्षका ४ सय ९९ जना, १० वर्षसम्मका बालबालिका ४० जना र ११ देखि २० वर्ष उमेरका बालबालिका १ सय ७५ जना छन् । मुस्ताङ र मुुगुबाहेक ७५ जिल्लामै संक्रमण फैलिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->