शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सक्रिय संक्रमितको संख्या साढे २५ हजार

सक्रिय संक्रमितको संख्या साढे २५ हजार


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७८, आइतबार

काठमाडौं\नेपालमा आज ४९६१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार १५ हजार १३१ परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
१२ हजार ५६२ पीसीआर परीक्षणमा ४ हजार ५३४ र २ हजार ५६९ परीक्षणमा ४२७ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार आज कुल परीक्षणको ३६ दशमलव १ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज थप तीन जनाको मृत्यु भएको छ । ४३५ जना डिस्चार्ज भएका छन् । आज देशभरी २५ हजार ६८० सक्रिय संक्रमित रहेका छन् । जसमा होम आइसोलेनमा २४ हजवार ५ सय ८४ र संस्थागत आइसोलेसनमा १ हजार ९६जना रहेका छन् । १२२ जना आइसियु, भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->