शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोभिड संक्रमण दर ४१ प्रतिशत नाघ्यो : ६ हजार ७ सय कोभिड संक्रमित थपिए

कोभिड संक्रमण दर ४१ प्रतिशत नाघ्यो : ६ हजार ७ सय कोभिड संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०७८, सोमबार

काठमाडौं/पछिल्लो २४ घण्टामा मुलुकमा ६७३४ जना कोरोनाभाइरस संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ नमुना (१४ हजार १४ पीसीआर र ३४५१ एन्टिजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
आजको संक्रमणदर ४१ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा ५४७ जना निको भएका छन् । आज कोभिड संक्रमणले थप ३ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ३० हजार ८७७ पुगेको छ । १ लाख ४३ हजारले पछिल्लो अवधीमा खोप लगाएका छन् । ९ जिल्लामा मात्र सक्रिय संक्रमित ५०० भन्दा माथि छन् । आठ जिल्लामा सक्रिय संक्रमित २०० भन्दा माथि छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->