शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

डायलाइसिस सेन्टर खुलेपछि मृगौला पीडितलाई राहत

डायलाइसिस सेन्टर खुलेपछि मृगौला पीडितलाई राहत


  • ढोरपाटन संबाददाता
  • माघ ६ २०७८, बिहिबार

स्याङ्जा/मृगौला रोगका पिडितको अवस्था दिनानुदिन बढिरहँदा स्याङजाको वालिङमा निशुल्क डायलाइसिस सेन्टर खुलेपछि मृगौला पीडितले राहत महसुस गरेका छन् । सात करोड खर्च गरेर सञ्चालनमा ल्याइएको वालिङ सामुदायिक डायलाइसिस सेन्टरमा दैनिक १६ जनाको उपचार गर्ने क्षमता छ ।

वालिङ नगरपालिका १० मा सुविधा सम्पन्न डायलाइसिस सेन्टर रोटरी क्लब अफ वालिङले वालिङ नगरपालिका र गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा सेन्टर सञ्चालनमा ल्याएको हो ।

रोटरी क्लब अफ वालिङको प्रस्तावनामा रोटरी इन्टरनेसनलले डायलाइसिस सेन्टर सञ्चालनमा पाँच करोड र गौतमबुद्ध सामुदायिक अस्पतालले दुई करोड रुपियाँ खर्च गरेको हो । वालिङ नगरपालिकाले उपलब्ध गराएको भवनलाई मर्मत गरेर डायलाइसिस सेन्टर सञ्चालनमा ल्याइएको हो ।

मृगौला पीडित रोगीहरु डायलाइसिस गर्न पोखरा वा पाल्पा जानुपर्ने बाध्यता रहँदै आएको थियो । हरेक वर्ष स्याङ्जाबाट मृगौला पीडितले डायलाइसिसका लागि करोडौ खर्च गर्ने गरेको तथ्यांक पाएपछि सेन्टर निर्माण गरेको रोटरी क्लब अफ वालिङका अध्यक्ष राजेन्द्र डुम्रेले बताए ।

तीन वर्ष लगाएर गौतमबुद्ध सामुदायिक अस्पताल बुटवलको आर्थिक र प्राविधिक सहयोगमा वालिङमा निशुल्क डायलाइसिस सञ्चालनमा आएको हो । यहाँ निशुल्क डायलाइसिस सेवा सञ्चालन सँगै स्याङ्जा र दक्षिण पर्वतका मृगौला पीडितलाई ठूलो राहत मिलेको छ ।

विभिन्न हस्पिटललाई डायलाइसिस सेवाका लागि नेपाल सरकारले दिने रकमलाई गौतम बुद्ध सामुदायिक अस्पतालले लिने गरी सेवा सञ्चालनमा आएको डुम्रेले बताए । मृगौला डायलाइसिस सेन्टरमा ११ वटा मेसिन जडान गरिएको छ भने सेन्टर सञ्चालनको एक महिनामा ४८ जनाले उपचार गर्न सक्ने क्षमता रहेपनि बिरामीको चाप बढेमा बढाउन सकिने छ ।

२ सय ४४ जना मृगौला रोगबाट पिडित रहेको स्याङ्जामा तथ्यांक छ भने डायलाइसिस गर्न बुटवल र पोखरा जानुपर्ने बाध्यताका कारण रकम अभावले ज्यान गएको घटनासमेत छ । ‘यस्तोबेला डायलासिस सेन्टर जिल्लामै सुरुआत भएपछि स्थानीय पनि खुशी छन्,’ वालिङ सामुदायिक डायलाइसिस अस्पतालका प्रमुख डाक्टर रजत कायस्थले भने ।

एक जना मृगौलाका बिरामीलाई एकपटक डायलाइसिस गर्न चार घण्टा लाग्ने बताउँदै कायस्थले सेन्टरमा अहिले विशेषज्ञ चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मी कार्यरत रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->