शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्वास्थ्यकर्मीहरु नै संक्रमित

स्वास्थ्यकर्मीहरु नै संक्रमित


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०७८, शनिबार
तस्बिरः सटरस्टक ।

पोखरा/ कोभिड–१९ को तेस्रो लहरबाट गण्डकीमा स्वास्थ्यकर्मीहरु संक्रमित हुने दर बढेर गएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबारसम्म गण्डकीमा २६८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमित हुनेमा संक्रामक तथा सरुवा रोग अस्पतालका डाक्टर विकास गौचन पनि रहेका छन् । उनी दोस्रो पटक संक्रमित भएको अस्पतालले जनाएको छ । कास्कीमा १३८,तनहुँमा ४२,नवलपुरमा १७,स्याङ्जामा १२,बागलुङमा ११,पर्वतमा १०,म्याग्दीमा ९,गोरखामा ६ र मुस्ताङमा ३ जना स्वास्थ्यकर्मी संक्रमित भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । मनाङमा भने हालसम्म स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छैन । सर्वसाधारणको हकमा गण्डकीमा सबैभन्दा बढी संक्रमण कास्कीमै देखिएको छ । कास्कीमा २ हजार १५६ जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->