समयले कोल्टो फेर्यो । अब खानै नपाउने अवस्थाका नेपाली कमै छन् ।खान नपाएरभन्दा खान नजानेर धेरै मान्छेहरू रोगी हुनेगर्छन ।हाम्रो अस्वस्थ जीवनशैली, आनीबानी र अल्छीपनाले हामीमध्ये धेरैलाई गाँजेको छ । यस्तो आहारविहार भएपछि हामीसँग भएको धनदौलतले केहि पनि गर्दैन । हिजोआजका मानिसहरुलाई मीठामीठो खानुपर्ने, हप्ताको ४ दिन मासु खानैपर्ने, रक्सी खाने, सुर्तीजन्य तथा अन्य नशाको सेवन गर्नुपर्ने, विभिन्न खाले मानसिकतनावमा रहनुपर्ने बाध्यता, शारीरिक व्यायामको कमी आदिको कारणले गर्दा ब्लडप्रेसरको समस्या बढ्दै गएको छ । फलस्वरूप हार्टअट्याक, प्रेसर हाई, प्यारालाइसिस मुटुरोग जस्ता समस्या देखिन थालेका छन् । हाम्रो यहि जीवनशैलीले निकालेको रोग हो, उच्चरक्तचाप अर्थात् ब्लडप्रेसर हाई । पहिले धनीमानी, उमेर भएका रोगले च्यापेकालाई छिटफूट देखिने यो रोग अहिले २० वर्षेठिटाठिटीदेखि वयस्क, पुरुष मिलामा देखिन थालेको छ । सुन्दै डरलाग्दो यो तथ्य नेपालकै हो । हो, ३० वर्षका युवाले समेत प्रेसर हाईभएको समस्याले नियमित औषधि खानुपर्ने अवस्था छ । ब्लडप्रेसरका कारणमध्ये २ देखि ३ प्रतिशतको मात्रै कारण देखिएको छ ।बाँकी ९७ प्रतिशतको कारण पत्ता नलागेको बताइन्छ । त्यसैले उच्च रक्तचापलाई साइलेन्ट किलर रोग हो ।
चक्कर आउनु, निद्रा नलाग्नु, मुटुको धड्कन बढ्नु, धड्कन रोकिएजस्तो हुनु, भनभन रीगँटा छुट्नु आँखा हेर्नै गारो हुनु, श्वास रोकिएला झैहुनु जस्ता लक्षण देखिन्छ । यसले प्यारालाईसिस जस्तो भयानक रोग निम्त्याउन सक्छ भने हार्ट अटट्याक जस्ता अन द स्पट डेथ हुनसक्छ ।
सामान्यतया रक्त प्रवाह हुँदा रक्तनलीहरूको भित्तामा रगतले पार्ने असरलाई नै रक्तचाप भनिन्छ। यसलाई रबरको बन्धक प्रयोग गरेरनाप्न सकिन्छ, जसलाई पाखुरामा बेरेर रक्तचाप नाप्ने उपकरणमा जोडिएको हुन्छ। यसबाट दुई प्रकारको नाप निस्कन्छ। जस्तैः १२०÷८०। अघिल्लो संख्यालाई सिस्टोलिक रक्तचाप भनिन्छ किनभने यसले मुटुको धड्कन (सिस्टोल) हुँदाको रगतको चापलाईदेखाउँछ र दोस्रो संख्यालाई चाहिं डायास्टोलिक रक्तचाप भनिन्छ किनभने यो मुटु आराम (डायास्टोल) अवस्थामा हुँदाको रक्तचाप हो।रक्तचाप पारोको मिलीमिटरमा नापिन्छ र रक्तचाप १४०÷९० नाघेको खण्डमा त्यस्तो बिरामीलाई चिकित्सकीय भाषामा उच्च रक्तचापभएका बिरामीहरू भनिन्छ।
कुनै व्यक्तिको उच्च रक्तचाप भएका पुर्बजहरू जस्तैः बाजेबजै, आमाबुबा छन् भने तिनलाईर तिनका भाबी सन्पततिहरूलाई पनि योरोग लाग्ने सम्भावना धेरै हुन्छ । पृथक जुम्ल्याहा बच्चाहरूमा भन्दा दुरुस्तै देखिने जुम्ल्याहा बच्चाहरूमा उच्च रक्तचाप हुन सक्नेखतराको संकेत देखाएको छ। एउटा अध्ययनले देखाएअनुसार ‘धमनीय उच्च रक्तचाप जीनहरूको संरचनाले गर्दा हुन्छ’ र यसले नै उच्चरक्तचाप गराउने वंशानुगत तत्व छ कि छैन भनेर निक्र्यौल गर्छ। असामान्य ढंगमा रक्तचाप बढ्दै जाने खतरा उमेर ढल्कँदै जाँदा बढ्दैजान्छ र यो प्रायजसो श्याम वर्णका पुरुषहरूमा हुन्छ भन्ने तथ्यहरू फेला परिरहेको छ ।
तपाईंले नियन्त्रण गर्न सक्ने तत्वहरू :
खानामा ध्यान दिनुहोस् ! नुनले (सोडियम) विशेष गरी मधुमेहका रोगी, गम्भीर उच्च रक्तचाप भएका मानिसहरू, वृद्ध तथा केही श्यामवर्णका मानिसहरूमा रक्तचाप बढाउन सक्छ। रक्तसञ्चार प्रणालीमा बोसोको मात्रा धेरै भएको खण्डमा रक्तनलीहरूका भित्रीसतहहरूमा कोलेस्ट्रोल अर्थात् चिल्लो पदार्थहरू थुप्रिन सक्छ र यसले रक्तनलीका प्वालहरू (आथेरोस्क्लेरोसिस) बिस्तारै बन्द गरेररक्तचाप बढाउँछ। आफ्नो शरीरको हुनुपर्ने तौलभन्दा ३० प्रतिशत बढी वजन हुने मानिसहरूलाई उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ।अध्ययनहरूले देखाएअनुसार भोजनमा पोटासियम र क्याल्सियमको मात्रा बढाउँदा रक्तचाप कम हुन सक्छ।
धूम्रपान गर्दा आथेरोस्क्लेरोसिस, मधुमेह, हृदयघात तथा मस्तिष्कघातजस्ता खतराहरू हुन सक्छन्। फलतः धूम्रपान र उच्च रक्तचाप दुवैमिलेर मुटु तथा रक्तनलीसम्बन्धी खतरनाक रोगहरू निम्त्याउन सक्छ । प्रमाण अलि विरोधाभासपूर्ण भएतापनि कफी, चिया र कोला पेयपदार्थहरूमा पाइने क्याफिन र मानसिक तथा शारीरिक तनाउले पनि उच्च रक्तचापलाई बढाउँछ। साथै, मादक पेय पदार्थहरू अचाक्लीवा सधैं सेवन गर्ने बानी अनि शारीरिक व्यायाम छैन भने पनि रक्तचाप बढ्न सक्छ ।
स्वास्थ्यकर जीवन शैली
उच्च रक्तचाप भएपछि मात्र उपचार गर्नु ठूलो भूल हुनेछ। सानो उमेरदेखि नै स्वास्थ्यकर जीवनशैलीबारे चासो लिनुपर्छ। अहिले नै राम्ररीहेरविचार गरेको खण्डमा भविष्यमा स्वस्थ जीवन बिताउन सकिन्छ।
मोटो मानिसहरूका लागि चिल्लो कम भएका सन्तुलित भोजन खाने, छोटो समयमै तौल कम पार्ने कथित ‘चमत्कारी’ भोजन सेवन नगर्नेबरु उचित शारीरिक व्यायाम गर्ने कार्यक्रम कायम राख्न पर्छ। नुनको सम्बन्धमा चाहिं दिनको छ ग्रामभन्दा कम वा एक चियाचम्चा मात्रनुन प्रयोग गर्न उच्चित हुन्छ। यसको अर्थ, खाना पकाउँदा नुनको मात्रा कम गर्ने र टिनमा प्याक गरिएका खानाहरू, पाकिसकेका चिसोखानाहरू (सलामी, हाम, ससेज र अन्य) अनि सेकेका खानाहरू खान कम गर्नु हो। खाना खाने बेला नुन थप्ने नगरेर अनि प्याकेटकाखानाहरूमा नुनको मात्रा कति छ कि छैन भनेर खोलमा हेरेर पनि नुन कम गर्न सकिन्छ।
खानामा पोटासियमको मात्रालाई बढाउन पनि सकिन्छ ।किनभने यसले ‘रक्तचाप कम’ गर्न सहयोग गर्छ। त्यस कारण स्वास्थ्यकरभोजनमा सिमी, गाढा हरियो सागसब्जी, केरा, खर्बुजा, गाजर, चुकन्दर, गोलभेडा र सुन्तलाजस्ता ‘सोडियमको मात्रा कम रपोटासियमको मात्रा बढी पाइने खाना’ समावेश हुनुपर्छ। मादक पेय पदार्थहरू पनि ठिक्क मात्रामा मात्रै सेवन गर्नु महत्वपूर्ण छ। उच्चरक्तचाप भएका पुरुषहरूले हरेक दिन ३० मिलीलिटरभन्दा बढी र महिलाहरू वा कम तौल भएका व्यक्तिहरूले १५ मिलीलिटरभन्दाबढी रक्सीजन्य पेय पदार्थ पिउनु हुँदैन।
नियमित रूपमा शारीरिक व्यायाम गर्नाले रक्तचाप कम हुन्छ र त्यसले धमनीको रक्तचाप हुने खतरादेखि जोगाउँछ । लगभग ३० देखि४५ मिनेट हिंड्ने, साइकल चलाउने र पौडी खेल्नेजस्ता सामान्य एरोबिक व्यायाम हप्ताको तीनदेखि पाँचपल्ट गर्नु लाभप्रद हुन्छ। अझस्वास्थ्यकर जीवनशैलीसित सम्बन्धित अन्य तत्वहरूमा धूम्रपान त्याग्नु, रगतमा चिल्लोपना बढ्न नदिनु (कोलेस्ट्रोल र ट्राइग्लिसराइड्स) र मधुमेह नियन्त्रणमा राख्नु, क्याल्सियम र म्याग्नेसियम प्रशस्त मात्रामा लिनु र शारीरिक तथा मानसिक तनाव नियन्त्रण गर्नु पनि अति महत्वपुर्ण छ। नाक बन्द हुँदा लगाइने झोल औषधी, सोडियम बढी मात्रामा पाइने एन्टासिड, भोक कम गर्ने औषधी अनि टाउको दुख्दादिइने क्याफिनयुक्त पेनकिलर औषधीले पनि रक्तचापलाई बढाउन मद्दत पुर्याउन सक्छ। त्यसैले यस्ता औषधीहरू प्रयोग गर्दा बिचार पुर्याउनु पर्छ ।
तपाईं पनि धमनीको उच्च रक्तचापबाट पीडित हुनुहुन्छ भने, तपाईंको भोजन तथा आनीबानीबारे व्यक्तिगत आवश्यकताअनुसारतपाईंको डाक्टरसितै सल्लाह लिनुभएर दिनचर्या परिवर्तन गर्दा बेस हुनेछ। तथापि, परिस्थिति जस्तोसुकै भएतापनि सुरुदेखि नैस्वास्थ्यकर जीवनशैली अपनाउनु उच्च रक्तचाप भएका मानिसहरूका लागि मात्र होइन परिवारका सबै सदस्यहरूका लागि लाभदायीकहुनेछ । तपाईं पनि? सबै मानिसहरूले स्वास्थ्यकर जीवन पाएर ‘कुनै पनि ब्यक्तिले म बिरामी परें’ भन्नुनपर्ने समय नआउन्जेल आफ्नोरक्तचापलाई नियन्त्रणमा राख्नुहोस्।
उपचारको छनौट गर्नु व्यक्तिगत निर्णयको कुरा भएकोले ब्यूँझनुहोस् ! निकट भबिस्यमै ठुलो क्षतिबाट पिडित हुनुभन्दा समयमै सचेत हुनुउपयुक्त हुन्छ ।
तपाईं धमनीय रक्तचाप वा मुटु, कलेजो वा मृगौलाका रोगी हुनुहुन्छ र औषधोपचार गर्दै हुनुहुन्छ भने दिनहुँ कति मात्रामा सोडियम रपोटासियम लिनुपर्छ भनेर आफ्नो चिकित्सकसित सल्लाह माग्नुहोस्।
उच्च रक्तचाप नियन्त्रण गर्न मदत गर्ने केही तरिकाहरू :
–वजन घटाउनुहोस्
–खानामा नुनको मात्रा घटाउनुहोस्
–पोटासियम प्रशस्त मात्रामा पाइने भोजन धेरै खानुहोस्
–मद्यपान कम गर्नुहोस्
–नियमित तवरमा व्यायाम गर्नुहोस्
–तनाव कम गर्नुहोस्
–समय समय मा फुर्सद मिलाएर घुमफिर गर्ने गर्नुहोस्
–चिल्लो, पिरो, अमिलो, भुटेको, तारेको, फ्रिजमा भन्डारन गरिएका खाद्यपदार्थ आदी नियमित तथा धेरै प्रयोग नगर्नुहोस्
–क्याल्सियम तथा म्याग्नेसियम भएको भोजन
–रेशायुक्त शाकाहारी भोजन
–तनाव कम गर्ने उपचारविधि
–नियमित योगा
–प्रतिदिन ३०मिनेट जति दुबो तथा हरियो घाँसेमैदानमा हिन्डुल गर्नुहोस् ।
यो पनि गर्नुसः
–धुम्रपान गर्न छोड्नुहोस्
–कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्नुहोस्
–मधुमेहलाई नियन्त्रणमा राख्नुहोस्
–रक्तचाप बढाउन सक्ने औषधीहरू प्रयोग गर्न छोड्नुहोस्
–नियमित जाँच गराई रहनुहोस्
–प्रतिदिन समय मिलायर ३–५ लिटर स्वच्छ पानी पिउनुहोस्
–दिनचर्याको निश्चित समय बनाउनुहोस्
उच्च रक्तचाप नियन्त्रणको लागि निमपत्ता मिश्रीत ग्रिन टीको नियमित सेवनले एकदमै फाईदा पुर्याछ।
रोग लागेर उपचार गरिरहनु भन्दा रोग लाग्नै नदिन बुद्धिमानी हो । हरकोहीले आफुलाई रोग लागोस् भन्ने त चाहदैन । त्यसैले नियमितरूपमा व्यायाम गर्दा अनि पुरानो शैलीको दिनचर्यालाई परित्याग गरी नियमित व्यायाम, स्वस्थ मानसिक अवस्था र स्वस्थ्यकर भोजनलाई आत्मासाथ गर्दा उच्च रक्तचाप रोकथाम तथा नियन्त्रण गर्न मद्धत गर्छ ।




