शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु

जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • माघ २२ २०७८, शनिबार

स्याङ्जा/ बिरुवा गाउँपालिकामा– ३ धोबादीमा बोलेरो जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।
यहाँ ग१झ ५९३९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा बिरुवा ३ कै जिप चालक २७ बर्षिय बेल बहादुर थापा र सहचालक २० बर्षिय भेष बहादुर थापाको मृत्यु भएको हो । बिरुवा बजारमा सुत्केरी छोडेर धोबादी फर्कने क्रममा जीप मोडबाट तल झरेको हो ।
धोवादी खालीमा बोलेरो जिप सडकबाट करिब १ सय २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए ।

बिहान खरबारीमा घास काट्न जाने मानिसले देखेपछि प्रहरीलाई खबर गरेको अधिकारीले बताए ।
घटना कतिबेला घटेको हो खुल्न नसकेको र घटनाको थप अनुसन्धान अगाडी बढाएको अधिकारीले बताए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->