शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आफ्नै ठाउँ फर्की आएँ …

आफ्नै ठाउँ फर्की आएँ …


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०७८, बिहिबार
अर्जुन चौपारी गाउँपालिका ४ राम्चेको तिलडाडाँमा बनेको एकीकृत बस्ती । तस्वीर : अर्जुन काफ्ले

स्याङ्जा/ २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले घर ढल्केपछि स्याङ्जा अर्जुन चौपारी गाउँपालिका ४,राम्चेकी ९७ वर्षीया दौपती चापागाईं ओत खोज्दै पोखरामा रहेका नातीको शरणमा पुगिन् । बूढेसकालमा घर छाड्दाको पीडा लुकाएर सहरीया बनेकी उनी बुधबार ७ वर्ष पुग्नैलाग्दा बल्ला पुख्र्यौली थलो फर्किइन् ।

भूकम्प पीडितको लागि एकीकृत बस्ती बनेसँगै उनको गाउँ फर्कने चाहना पूरा भएको हो । करिब सात वर्षपछि छोरा–बुहारीसँगै पुख्र्यौली थलो फर्कँदा उनी औधी खुसी देखिइन् । ८५ वर्ष गाउँमै ८५ बसन्त विताएकी चापागार्इंले नयाँ घरमा प्रवेशसँगै नयाँ ठाउँमा मरिने हो कि भन्ने चिन्ता टरेको पनि बताइन् । भूकम्पको तीन वर्षपश्चात एकीकृत बस्ती बनेपछि उनीसँगै अन्य १५ घरधुरी पुरानै ठाउँमा फर्कने बाटो खुलेको ६२ वर्षीय गंगाप्रसाद पौडेले बताए । तीन वर्षसम्म बस्ती निर्माणको अनुमति नपाएको बताउँदै निर्माण समितिका अध्यक्ष ज्ञानप्रसाद चापागाईंले डीपीआर र काममा पनि ढिलाइ हुँदा निर्माण असहज बनेको जानकारी गराए ।

जिल्लकै एकमात्र भूकम्पबाट क्षति र एक जोखिमयुक्त बस्तीमा १५ वटा घर, २ सार्वजनिक शौचालय, पक्की मोटरबाटो र एक पानी ट्याङकी निर्माण गरिएको उनले जानकारी दिए ।तिलडाँडा एकीकृत बस्तीका लाभग्राहीले जग्गा खरिदको लागि प्रति घर २ लाख, ३ लाख भूकम्प प्रभावित र बस्ती निर्माण एवं अन्य संरचना बनाउन प्रतिघर ४–४ लाख रुपैयाँ अनुदान पाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->