शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आँधीखोला ४ मा वडा भवन

आँधीखोला ४ मा वडा भवन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०७८, बिहिबार

स्याङ्जा/ आँधीखोला गाउँपालिका वडा नम्बर ४ बाङसिङको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष सुधीर कुमार पौडेलद्वारा वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलको विशेष आतिथ्यता र वडा नं ४ का वडा अध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षता रहेको थियो । त्यसैगरी आँधीखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, वडा नं ३ का वडा अध्यक्ष विष्णु बहादुर खत्री, वडा नं ४ का कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्थानीय बुद्धिजिवी तथा समाजसेवीहरू र गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति पालिकाका सूचना अधिकृत रोशन लामिछानेले बताए । ९८ लाख लागतमा भवन बनाइएको प्रमूख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए । भुई तल्लामा कार्यालय रहने वडा कार्यालय भवनको पहिलो तल्लामा १५० जना क्षमता भएको सभाहल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->