शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मोटरसाईकल दुर्घटनामा वाईसीएलका नेता पौडेलको मृत्यु

मोटरसाईकल दुर्घटनामा वाईसीएलका नेता पौडेलको मृत्यु


  • अर्जुन काफ्ले
  • फाल्गुन १४ २०७८, शनिबार

स्याङ्जा/ फेदिखोला नगरपालिका–१ भालुपहाडमा मोटरसाईकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । फेदिखोला गाउँपालिका–२ का ३७ बर्षिय सुभाष पौडेलको ग११प १४५० नम्बरको मोटरसाईकल सहित भिरबाट खसेर निधन भएको डीएसपी राजेन्द्र प्रसाद अधिकारीले जानाकारी दिए ।

नेकपा माओबादी केन्द्र निकट वाईसीएलको स्वास्थ्य बिभागमा रहेका पौडेल स्याङ्जाको बैठक सकेर फर्कने क्रममा निधन भएको हो । वाईसीएलको जिल्ला बैठक पश्चात सदरमुकाम पुतलीबजारबाट हिँडेका भएका पौडेल हराएका थिए । शनिबार स्थानियले भिरमा मानिस अड्केको देखेपछि प्रहरीलाई खबर गरे पश्चात दुर्घटना भएको खुलेको हो ।

पौडेलको लास सिदार्थराजमार्गबाट ७० मिटर भिरमा अड्को अवस्थामा भेटिएको हो भने मोटरसाईकल १३० मिटर तल खोलादेखि केही माथी अडकेको भेटिएको अधिकारीले बताए ।
उनले पौडेलको शव ठाउँ ठाउँमा चोट लागेको र मोटरसाईकल टुक्रा टुक्रा परेको अवस्थामा रहेको बताए । पानी परेको अवस्थमा चिप्लोबाटोमा बे्रकरमा ढोकिदाँ दुर्घटनना भएको अनुमान प्रहरीले गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->