शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आगलागीमा परेर एक जनाको मृत्यु

आगलागीमा परेर एक जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०७८, सोमबार

स्याङ्जा/ जिल्लाको चापाकोट नगरपालिका– २ जैउनडाँडामा आगोले जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय बाटुली नेपाली रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
१४ गते राती घरमै सुतिरहेको अवस्था एक्कासी आगलागी हुँदा नेपाली घाइते भएका थिए ।

घाइते नेपालीलाई तत्काल चापाकोट अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि पाल्पा पठाइएकोमा उपचारको क्रममा गएराती मृत्यु भएको हो ।
आगलागीबाट नेपाली बाहेक अन्य कोही केहि नभएको र घरमा पनि कुनै किसिमको क्षेती नभएको प्रहरीले बताएको छ ।

बुडा बुढी मादक पदार्थ सेवन गरी सुतेको र चुरोट खाएर फाल्दाँ आगालागी भएको हुनसक्ने प्रहरी निरीक्षक पदम थापाले बताए । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको थापाले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->