शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आँधीखोलाको फूलबारी–पुवाडाँडा सडकको उद्घाटन

आँधीखोलाको फूलबारी–पुवाडाँडा सडकको उद्घाटन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०७८, बिहिबार

स्याङ्जा\जिल्लाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ स्थित फुलबारी पुवाडाडा कालोपत्रे सडकको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले उद्घाटन गरे ।
सडक निर्माणका लागि ४ करोड ९९ लाख ९८ हजारको लागत अनुमान गरी टेन्डर गरिएकोमा ठेक्का घटेर रु ४ करोड ३१ लाखमा श्री गिता÷ श्री क्रियटिभ जेभी स्याङ्जाले सडक निर्माण कार्यको जिम्मा पाएको थियो । ठेक्का सम्झौता अनुसार पक्की नाली, ट्राफिक चिन्ह र रोड पेन्टिङ सहित २.७ कि मी सडक पिच गरिएको गाउँपालिकाले जनाएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले गाउँपालिका केन्द्रदेखि सबै वडा कार्यालयसम्म पुग्ने मोटरबाटो कालोपत्रे गर्ने नीति अनुसार वडा नंबर ३ को वडा कार्यालयसम्म पुग्ने सडक निर्माण गरिएको जानकारी दिए । गाउँपालिकाकी उपाध्यक्ष शर्मिलादेवी पौडेलले कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको बताइन् ।वडा नं ३ का वडाध्यक्ष विष्णुबहादुर खत्रीको अध्यक्षता सम्पन्न भएको शिलान्यास कार्यक्रमको सञ्चालन सचिव बालकृष्ण पौडेलले गरेका थिए । शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी,कार्यपालिका सदस्य गुजेश्वरी क्षेत्री, वडा सदस्य बिन्दु विक, हरिहर शमालगायतको उपस्थिति रहेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->