शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अर्जुन चौपारीमा बन्यो स्वास्थ्यचौकी

अर्जुन चौपारीमा बन्यो स्वास्थ्यचौकी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३० २०७८, सोमबार
अजुन चौपारी २, मजुवामा निर्मण भएको प्राविधिक सेवासहितको स्वास्थ्य चौकी । तस्वीर:  अर्जुन काफ्ले

स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिका १ अर्जुन चौपारी १ मजुवामा स्वास्थ्यचौकी बनेको छ ।
पालिकाको पहलमा सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराले भवन निर्माण गरेको हो । २०५४ सालबाट भाडामा संचालित स्वास्थ्य चौकीको लागि स्थानीय डिलकुमारी खत्री र भिमकुमारी खत्रीले पाँच रोपनी जग्गा दिएसँगै स्वास्थ्य चौकी निर्माणको बाटो खुलेको थियो । २०७४ सालमा स्वास्थ्य चौकीमा स्तरोन्नति भएको थियो । गजिन्द्र निर्माण सेवाले एक करोड ६९ लाख २१८ रुपियाँमा सम्झौता गर्दै २ वर्षमा निर्माण सक्ने भनिएकोमा कोभिडका कारण काम रोकिएको थियो । निर्माण भएको भवन दुई तलामा रहेको छ भने चार कोठा आवस र सात कोठा स्वास्थ्य चौकीको लागि प्रयोग हुदै आएको पालिका स्वास्थ्य प्रमुख इश्वर केसीले बताए । स्वाथ्य चौकीमा बर्थिङ सेन्टर,सुरक्षित गर्भपतन सेवा, टेलिमेडिसिन सेवा, स्वाथ्य प्रयोगशालालगायतका सेवा प्रदान हुदै आएको छ ।
सुविधासहितको स्वास्थ्य चौकी निर्माण सगै सेवाग्राहीलाई उपचारको लागि स्याङ्जा, हेलु, बयरघारी पोखरा जानुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालले बताए । उनले अब १० बेडसहितको सेवा दिने अस्पताल निर्माण गरिने जानकारी पनि गराए । जग्गादाताा डिलकुमारी खत्रीले अब उपचारको लागि समय र हजारौ खर्च गर्नुपर्ने वाध्यता हट्ने आशा गरिन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->