शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पुवाडाँडा सडक कालोपत्रे

पुवाडाँडा सडक कालोपत्रे


  • ढोरपाटन संबाददाता
  • चैत्र ३ २०७८, बिहिबार

स्याङ्जा/ आँधीखोला गाउँपालिकाको फुलबारी पुवाडाँडामा सडक कालोपत्रे बनेपछि स्थानीयहरु खुसी भएका छन ।
सडक कालापत्रे भएसँगै पालिका भित्रका रानिस्वारा, अडेखाल्टा, पुवाडाडाँ, पर्वतको कार्किनेटा, खौला लाँकुरीका स्थानीय बासिन्दा लाभान्वित भएको पुवाडाडाँका ६५ वर्षीय हरिहर शर्माले बताए । उनले बाटोले आउजाउ र सामान ओसार्न सजिलो भएको पनि सुनाए । ४ करोड ३१ लाखमा रुपियाँमा श्री गिता/श्रीक्रियटिभ जेभी स्याङ्जाले पक्की नाली, ट्राफिक चिन्ह र रोड पेन्टिङसहित २.७ किमी सडक ठेक्का सम्झौता अनुसार पिच गरेको हो ।

प्रदेश सरकार एक करोड, निर्वाचन क्षेत्र पुर्वाधार क्षेत्र विकास कार्यक्रम ५० लाख र अन्य सबै पालिकाको लगानीमा सडक कालोपत्रे गरिएको हो ।गाउँपालिका केन्द्र देखि सबै वडा कार्यालयसम्म पुग्ने मोटरबाटो कालोपत्रे गर्ने नीतिअनुसार वडा नम्बर ३ को वडा कार्यालय सम्म पुग्ने सडक निर्माण गरिएको पालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताए । यहाँ गरिएको सडक कालोपत्रे प्रिमियम्स कारपेन्टिङ भएको र जिल्लामा पालिकाभित्र गरिएको राम्रो काममध्येको एक भएको इन्जिनियर प्रकाश पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->