स्याङ्जा/ आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा स्याङ्जामा दुई लाख ४० हजार ५३५ जना मतदाताले मतदान गर्ने भएका छन् ।
स्याङ्जाका पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तहमा पाचँ वर्ष पहिला भएको स्थानिय तह निर्वाचन पश्चात ४९ हजार २८७ मतदाता बढेका हुन् । यहाँ एक लाख १६ हजार ६६६ पुरुष र एक लाख २३ हजार ८६८ महिला र एक अन्य गरी २ लाख ४० हजार ५३५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख गुरुप्रसाद मरासिनीले बताए । पाँच नगरपालिका मध्ये सबैभन्दा बढी मतदाता वालिङमा ३९ हजार ६५९ र सबैभन्दा कम भीरकोटमा २० हजार ४२७ मतदाता रहेका छन् । गल्याङ नगरपालिकामा २९ हजार ५५७, चापाकोट नगरपालिकामा २१ हजार ५४६ र पुतलीबजार नगरपालिकामा ३७ हजार ७०८ मतदाता रहेका छन् । यहाँका ६गाउँपालिकामध्ये सबैभन्दा बढी मतदाता कालीगण्डकीमा १७ हजार ९३८ र सबैभन्दा कम फेदीखोलामा १२ हजार १६५ रहेका छन् ।अर्जुन चौपारीमा गाँउपालिकामा १३ हजार ८६७, आँधीखोला गाउँपालिकामा १६ हजार २५०, कालीगण्डकी गाउँपालिकामा १७ हजार ९३८ मतदाता रहेका छन् ।यस्तै विरुवामा गाउँपालिकामा १६ हजार ५९९ र हरीनास गाउँपालिकामा १४ हजार ८१९ मतदाता रहेको मरासिनीले जानकारी दिए ।




