स्याङ्जा/ कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने स्याङजाको पुतलीबजार गण्डकीको पहिलो पालिका बनेको छ । पुतलीबजार नगरपालिका १२ वर्ष भन्दा माथिका सबै नागरिकलाई कोभिडविरुद्धको पूर्ण खोप लगाएको हो ।
३९ हजार ८५८ जना नागरिक नगरपालिकामा रहेकोमा ३४ हजार ५५६ जनाले पुर्ण खोप खोप लगाएका हुन् । पूर्ण खोप सुनिश्चित नगर घोष्णा गर्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर श्रीराम तिवारीले पुतलीबजार नगरपालिकाले स्वाथ्यका क्षेत्रमा धेरै काम गरेको सुनाए । ‘रचनात्मक कार्य अन्तर्गत पुतलीबजार नगरपालिकाले गण्डकी प्रदेशबाट थप अनुदान प्राप्त गर्न सक्छ,’ उनले भने ।
कार्यक्रममा नगर प्रमुख सीमाकुमारी क्षत्रीले सबैको सहयोगले पुतलीबजार कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने नगरपालिका बन्न सकेको बताइन् ।
नगरपालिकाको ३० हजार ६३३ जन लक्षित जनसंख्या रहेकोमा पहिलो खोप ३७ हजार ९०४ जनाले लगाएको र दोस्रो खोप समेत लक्ष्य भन्दा बढीले लगाएपछि कोभिड पूर्ण खोप लगाएकाले नगरपालिका घोषणा गरिएको नगर स्वास्थ्य प्रमुख विष्णु काफ्लेले जाननकारी दिए ।
काफ्लेका अनुसार, भेरोसेल पहिलो २० हजार १२३ र दोस्रो १९ हजार ७२५, कोभिशिल्ड पहिलो छ हजार ७२५ र दोस्रो चार ७९९, मोर्डना चार हजार एक र दोस्रो तीन हजार ७३०, अष्ट्राजेनिका पहिलो दुई हजार २५१ र दोस्रो एक हजार ४९८, जनसन चार हजार ८०४ र बुस्टर खोप छ हजार २३० जनाले खोप लगाएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, स्वास्थ्य कार्यालय प्रमुख बसुन्धरा शर्मा, नेकपा एमाले पुतलीबजारका अध्यक्ष भरत गोदार, नेपाली कांग्रेस पुतलीबजारका सभापति सुरज कुमार अधिकारी, पुतलीबजार शिक्षा समितिका संयोजक तथा वडा नम्बर १४ अध्यक्ष शेषराज ढकाल लगायतले बोलेका थिए ।




