शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

किर्ते नागरिकता : आँधीखोलाका वडाध्यक्षसहित चार पक्राउ

किर्ते नागरिकता : आँधीखोलाका वडाध्यक्षसहित चार पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०७८, शुक्रबार

स्याङ्जा/ किर्ते गरी नेपाली नागरिकता सिफारिस गरेको आरोपमा स्याङ्जा आँधीखोला गाउँपालिका ३ का वडाध्यक्षसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले वडाध्यक्ष अध्यक्ष विष्णु खत्री, नागरिकताका बाबु कृष्ण प्रसाद पौडेल, आमा सीता पौडेल र किर्ते कामका योजनाकार नवराज पौडेललाई प्रक्राउ गरेको हो ।

आँधीखोला ३ घर भई मुचुल्कामा सहि छाप भएका ३४ वर्षीय प्रेमनारायण रेग्मी, २१ वर्षीय विष्णु पौडेल, ४७ वर्षीय पवित्रा रेग्मी, ४२ वर्षीय देवी रेग्मी, ४२ वर्षीय टेकनाथ पौडेलले नेपाली नागरिकता प्रमाण पत्रका लागि वडा मुचुल्कामा किर्ते सही गरिएको भन्दै कारवाहीको माग गरेपछि चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष खत्रीले नागरिकताका लागि गलत व्यक्तिलाई सिफारिस गरेको देखिएको सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले जानकारी दिए । उनका अनुसार किर्ते नागरिकताकै आरोपी वडा सचिव बालाकृष्ण पौडेल भने फरार छन् । ‘उनको खोजी भइरहेको छ,’ उनले भनिन् ।

किर्ते गरी कृष्ण प्रसाद पौडेलकी छोरी सोनु पौडेलको नाममा नागरिकता बनाएकोमा आँधीखोला गाउँपालिका ३ पाख्रीबोेटमा कृष्णप्रसाद पौडेल नाम गरेका व्यक्ति र सोनु पौडेल नाम गरेकी छोरी नरहेको निवेदनमा जनाइएको छ ।
निवेदनमा किर्ते कार्यमा संलग्नता रहेकाले आफूहरुको नाममा बद्नियत ढंगले आर्थिक लोभलालचमा नक्कली कागजात बनाई नक्कली हस्ताक्षर गरी गत फागुन ३० गते नागरिकता निकालेको बताइएको छ । निवेदकको निवेदन अनुसार अनुसन्धानको लागि चार जना पक्राउ गरेको र थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षका राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->