मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङजामा जीप दुर्घटना, चार जना अचेत

स्याङजामा जीप दुर्घटना, चार जना अचेत


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०७९, आइतबार

वालिङ/ स्याङजाको वालिङमा जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो ।

दुर्घटनास्थलबाट चारजनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ ।

दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन । थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->