महिनावारीलाई २८ दिनको मासिक चक्र मानिन्छ । यदि कुनै पनि महिलामा पछिल्लो पटक महिनावारी भएको ६ हप्तादेखि सोही क्रम पुनः नदोहोरिएको अवस्थामा भने त्यसलाई चिकित्सा क्षेत्रअन्र्तगत ‘मिस पिरियड’ अर्थात् अनियमित महिनावारीको अवस्थाको संज्ञा दिइन्छ ।
उसो त महिनावारी रोकिनुका पनि केही सरल एवम् केही गम्भीर गरी विविध कारणहरु हुन्छन् । जसमध्ये व्यक्तिको खानपिन शैली तथा व्यायामको दिनचर्यालाई यसको प्रमुख कारक तत्व मानिन्छ । तर, ४० दिन अथवा सोभन्दा बढि समयसम्म महिनावारी पुनः सुचारु नभएको अवस्थाले महिलाको गम्भीर स्वास्थ्य स्थितीतर्फ संकेत गर्ने हुँदा त्यस्ता महिलाले भने अनिवार्य रुपमा चिकित्सकको परामर्श लिनुपर्दछ ।
महिनावारी अनियमित हुनुका १० कारणहरू
१. तनाव
कुनैपनि खतरा प्रतिको मानव प्रतिक्रियाका सबै पक्षहरुलाई नियन्त्रण गर्ने तनावको मुख्य जड हाम्रो मस्तिष्कको ‘हाइपोथालामस’ नामक भागमा आधारित रहेको हुन्छ । जसकारण पनि हामी उच्च तनावमा रहँदा हाम्रो मतिष्क ‘फाइट या फ्लाइट’ (केही स्थितीको अवस्थासंग लड्ने अथवा त्यसबाट टाढा भाग्न खोज्ने अवस्था)को मुडमा रहने भएकाले यति बेला महिलाहरु अत्यन्तै रिसाहा समेत हुन्छन् ।
‘हाइपोथलामस’ भनिने यो भाग स्वतः प्रतिक्रिया जनाउने मतिष्कको एक अंश पनि हो । जसले अन्त्यमा हार्मोनलाई गुप्त राख्दै प्रजनन प्रणालीको कार्यलगायत शरीरको सम्पुर्ण कार्यहरुलाई नियन्त्रण गरेको हुन्छ र, सोबाट देखापर्ने प्रतिक्रियाबाट बच्न सम्भवतः असम्भव रहन्छ । यसकारण पनि उच्च तनावग्रस्त अवस्थामा ओभुलेशन चक्र अनियमित गई महिला अस्थायी रुपमा अनियमित महिनावारीको समस्याको शिकार बन्न पुग्छिन् ।
२. तौल घट्नु वा बढ्नु
शरीरको वजनमा देखापर्ने अधिक परिवर्तन पनि महिलाको महिनावारी अनियमित हुनाका मुख्य कारण हुन् । शरीरको तौलको प्रत्यक्ष सम्बन्ध शारीरिक मोटोपनसंग सम्बन्धित रहेको हुन्छ । जसकारण पनि महिलाको तौल घटबढ हुँदा त्यसको परिणाम स्वरुप हार्मोनमा असन्तुलन देखापर्छ ।
यसबाहेक सिमित गम्भीर क्यालोरीले पनि प्रजनन हार्मोन उत्पादनका लागि निर्देशित गर्ने मस्तिष्कको ‘एन्डोक्राइन सिस्टम’ नामक भागमा असर पुर्याउँछ । फलस्वरुपः यसरी यी सुचना प्रवाहमा आएको अवरोधका कारण महिलाको महिनावारीमा अनियमितता देखापरी यसले ओभुलेशन चक्रलाई प्रभावित तुल्याउने प्रजनन हार्मोन उत्पादनमा समेत नकारात्मक असर पुर्याउँछ ।
३. तीव्र शारीरिक व्यायामको बढवा
शरीरको क्यालोरी अधिक बर्न गर्ने बाहानामा नियमित गरिने शारीरिक व्यायामले पनि महिलाको महिनावारी रोक्नमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ । शरीरको कार्यप्रणालीलाई प्रभावकारी बनाउन शरीरमा पर्याप्त ऊर्जा नहुने कारण यस्ता समस्या देखा पर्दछ ।
परिणामस्वरुप यस्ता गतिविधिले हार्मोनको गडबढी गराई महिलाको महिनावारी चक्रको लय (ट्रयाक)लाई नै पर धकेलीदिन्छ । यद्यपि यसरी पर सरेको महिनावारी चक्र महिलाले क्यालोरीको मात्रा लिन थालेपश्चात् शरीरले प्रजनन प्रणालीमा पर्याप्त ऊर्जा लगानी गर्न सक्षम हुन थालेलगत्तै पुनः दोहोरिन थाल्दछ ।
४. पोलिस्टिक ओभारी सिन्ड्रोमका कारण
पोलिस्टिक ओभारी सिन्ड्रोम (पिओएस) भन्नाले प्रजनन हार्मोनको असन्तुलन अवस्थालाई जनाउँछ । पिओसीका समस्याअन्र्तगत विशेषतयाः महिनावारी रोकिने, अनियमित हुने अथवा दुवै प्रकृतिका अवस्था देखापर्छ ।
यस्तै, केही समस्याहरु भने शरीरको अतिरिक्त पक्षहरुमा जस्तोः कपाल, शरीर वा अनुहारमा विकार देखिने, कपाल पातलो हुँदै जाने, अत्याधिक तौल बढ्ने अथवा तौल घटाउनमा सकस हुने, छालामा पोतो आउने, विशेष रुपमा गर्धन, स्तनको तल्लो भाग अथवा काखीमुनि मुसा आउने जस्ता समस्या देखापर्दछ ।
माथि उल्लेखितमध्ये महिलामा महिनावारी रोकिनुका कुनै एक अथवा केही लक्षण देखापरेको खण्डमा सो पोलिस्टिक ओभारीसिन्ड्रोमको लक्षण हुन सक्ने भएकाले त्यस्ता व्यक्तिले अनिवार्य रुपमा चित्सकसंग सल्लाह लिनुपर्छ ।
५. हार्मोनल गर्भनिरोधक औषधिको सेवन
गर्भनिरोधक चक्कीको प्रयोग महिनावारीलाई निरन्तरता दिनका लागि प्रयोग गरिन्छ । यद्यपि कतिपय अवस्थामा अझ विशेषगरी भन्नुपर्दा चक्की सेवनको शुरुवाती केही महिना वा लामो समय सम्मको प्रयोगपछि चक्कीको सेवन छोडेका महिलामा भने यो अपवादको रुपमा देखापर्दछ । शुरुवाती केही महिनामा महिलाको प्रजनन प्रक्रिया प्रभाव पर्ने भएकाले पनि महिलामा यस्ता समस्या देखिन्छ । र, महिलामा शरीर तथा हार्मोनको मात्रामा सुधार नआएसम्म यस्ता समस्या यथावत् नै रहि रहन्छन् ।
६. रजनोवृत्तिको प्रारम्भिक चरण
४० वर्ष पुग्नुभन्दा पहिल्यै महिलाको अण्डाशयले काम गर्न छोडेको अवस्थालाई प्रारम्भिक रजनोवृत्ति (महिनावारी रोकिनु) भनिन्छ । महिलाको अण्डाशयले आफ्नो चक्र जारी राख्नका लागि पर्याप्त एस्ट्रोजनका उत्पादन गर्न नसकेको अवस्थामा देखापर्ने यस्तो अवस्थालाई चिकित्सा क्षेत्रअन्र्तगत भने ‘प्रिम्याच्योर ओभारियन फेलर’ (समयपूर्व देखा पर्ने डिम्बाग्रन्थी विफलता) पनि भनिन्छ ।
ढिलो अथवा महिनावारी अनियमिततालाई डिम्बाग्रन्थी विफलताको प्रारम्भिक संकेत मानिन्छ । जसको दौरान महिलाले संकेत स्वरुप राती पसिना आउने, गर्मी हुने तथा निन्द्रामा समस्या देखिने जस्ता अवस्थाहरुको अनुभव गर्छन् । यसबाहेक अन्य लक्षणअन्र्तगत भने महिलामा योनीको सुख्खापन, यौनप्रतिको घट्दो रुची, ध्यान केन्द्रित गर्न तथा गर्भधारण गर्न नसक्ने जस्ता समस्याहरु देखापर्दछ ।
७. रजनोवृत्तिको समयतर्फ उन्मुख हुँदा (पेरिमेनोपोज)
रजनोवृत्ति देखापर्ने वास्तविक समय (४२–४८ वर्षबीचको समयावधि)तर्फ लम्कदै गरेको अवस्थालाई ‘पेरिमेनोपोज पिरियड’ भनिन्छ । यस्ता समस्यामा महिलामा महिनावरी पुर्ण रुपले रोकिनुभन्दा करिब ४ वर्ष अघिदेखि नै देखा पर्दछ ।
त्यस्तै, यस समयमा महिलाको नियमित महिनावारी समयावधि अप्रत्याशित रुपमा पर सरी पुनः सोही समयावधिमा नै हुन थाल्छ । सारांशमा भन्नुपर्दा, यस दौरानमा हुने मासिक चक्रअन्र्तगत भने महिलाको शारीरिक बनावट अनुसार, कोहीमा हल्का वा कोहीमा भने धेरै रक्तश्राव हुने गर्छ ।
८. थाइराइडका कारण
घाँटी अवस्थित रहने थाइराइड ग्रन्थीले पनि जैविक प्रकृयाहरुसंगै अन्य मासिक चक्रलाई धेरै हदसम्म नियन्त्रण गरेको हुन्छ । केही कारणवश् यसमा हुने ‘हाइपो–थाइरोडिज्म’ तथा ‘हाइपर–थाइरोडिज्म’का कारण कार्यप्रणालीमा प्रभाव पार्ने केही अवस्थाहरुले महिलाको मासिक चक्रमा समेत अनिमियतता निम्त्याउँछ ।
हाइपर–थाइरोडिज्मको अवस्थामा ग्रन्थीले शरीरको मेटाबोलिजम बढाउने ‘थायरोक्सिन’ नामक अति सक्रिय हार्माेनको उत्पादन गर्दछ । जसले पनि महिनावारीको चक्रलाई अनियमितताको निम्ति बढवा दिदैँ केही महिनौसम्म टाढा लैजान्छ ।
थाइराइड भएका व्यक्तिमा अन्य लक्षण स्वरुप मुटुको गति तेज हुने, भोक तथा तौलमा गडबढ देखिने, चिन्ता बढ्ने, हात काँप्ने, थकानको महशुस हुने, कपालको स्वरुपमा परिवर्तन आउने तथा निन्द्रामा गडबढी देखिने जस्ता परिवर्तनहरु देखा पर्दछ ।
९. अन्य दिर्घरोग भएमा
सिलिएक रोग तथा मधुमेह जस्ता शरीरमा पहिलेदेखि नै रहेका रोग अथवा स्वास्थ्य अवस्थालाई पनि महिनावारी अनियमितताको मुख्य कारण मानिन्छ । अटो–इम्युनका कारण देखापर्ने सिलिएक रोगले व्यक्तिको पाचन प्रणालीमा असर पुर्याउँछ । खानाको माध्यमबाट यस्ता बिरामीले ग्लूटोनको सेवन गरेको खण्डमा प्रतिरक्षा प्रणालीले सानो आन्द्रामा प्रतिक्रिया जनाउँने अटो–इम्युनको एक अनुक्रम सक्रिय हुन पुग्दछ ।
परिणाम स्वरुप यसले पाचन नलीमा प्रभाव पुर्याई पोषक तत्वहरुलाई सोस्दै शरीरमा कुपोषण तथा हार्मोन उत्पादनको समस्यासंगै मासिक चक्रको अनियमिततालाई समेत बढवा दिन्छ । यस्तै, शरीरमा चिनीको मात्रा असन्तुलित हुँदा देखापर्ने टाइप–१ वा टाईप–२ दुबै प्रकारको मधुमेहले पनि मासिक चक्रलाई प्रत्यक्ष असर पुर्याउँछ ।
१०. गर्भधारण भएमा
यदि मासिक चक्र रोकिएको समएमा महिलालाई आफु गर्भवती भएको भान भएमा अथवा गर्भधारण हुनसक्ने सम्भावना रहेको खण्डमा महिलाले महिनावारी रोकिएको हप्तादिनपछि मात्रै आफ्नो गर्भ जाँच गराउनु उचित रहन्छ । अन्यथा यस्तो अवस्थामा गरिएको जाँचको नतिजा गलत देखापर्ने सम्भावना रहन्छ । यसैगरी, गर्भावस्थाको अन्य लक्षणहरु जस्तैः पिडादायिक हुनु, स्तन खुकुलो हुनु वा सुन्निनु, रिंगटा, थकान तथा वाक्वाकी लाग्ने जस्ता समस्या देखिएमा पनि महिलाले आफु यसै कारण महिनावारी नभएको भनेर आँकलन गर्न सक्छिन् ।
एमेनोरिया
रजनोवृत्ति तथा गर्भधारणबाहेक रक्तश्रावको सन्दर्भमा महिलाको मासिक चक्र रोकिन्छ भने त्यो एमेनोरियाको संकेत पनि हुनसक्छ । अर्को शब्दमा भन्नुपर्दा, एमेनोरिया महिनावारी चक्र रोकिने एक चिकित्सिय अवस्था पनि हो र, यसै चिकित्सिय अवस्थाको सन्दर्भमा यसलाई दुई भागमा विभाजित गरिएको छ ।
जस्तो सर्वप्रथम, १६ वर्ष उमेर कटिसक्दा पनि महिनावारी नभएका किशोरीहरुलाई प्राथमिक एमेनोरियाको रुपमा वर्गीकृत गरिएको छ । यस्ता किशोरी समूहका प्रजनन मार्गमा केही विविध समस्या हुने सम्भावना अधिक रहन्छ ।
यसैगरी, अर्कोतर्फ पछिल्लो पटक ९ महिना लगातार मासिक चक्र भएपश्चात् ३ महिनासम्मका लागि मासिक चक्र प्रक्रिया रोकिन्छ, भने त्यस्तो अवस्थालाई भने अर्को किसिमको एमेनोरियाको रुपमा सुचिकृत गरिएको छ । यद्यपि यस प्रकारको अवस्था भने अधिकांश महिलामा साझा रुपमा देखिने गरेको पाइन्छ ।
यसका अधिकांश कारक तत्वहरु भने मासिक चक्र अनियमित हुने कारणसंग काफी हदसम्म मिल्दोजुल्दो रहेको हुँदा यस्ता समस्याको निदान पनि सोही कारण अनुरुप नै गर्ने गरिन्छ । यद्यपि आफुखुसी कुनै पनि उपचार अपनाउनुभन्दा अघि महिलाले एकपटक अनिवार्य रुपमा आफ्ना चिकित्सकसंग परामर्श लिनुपर्दछ ।
अन्तमा
केही महिलाको सन्दर्भमा फरक भएतापनि अधिकांशः महिलाहरु (११–१३ वर्ष समूह अवधि)मा वर्षको एकपटक मात्रै महिनावारी हुने गर्छन् । यसरी हुने महिनावारी चक्र केही महिलाको हकमा भने तुलनात्मक रुपमा थोरै वा धेरैपटक हुनसक्छ ।
तसर्थ महिलाले आफ्नो महिनावारी चक्रको कस्तो अवस्थामा सामान्य हो भन्ने कुराको हेक्का राख्नुपर्छ । मासिक चक्रको बारेमा भन्नुपर्दा, सामान्यतयाः शुरुवाती अवस्था र रजनोवृत्तिका कारण अन्त्य हुने (रोकिने) समयमा महिनावारी अनियमितता देखापर्दछ ।
यद्यपि मासिक चक्रको ४० दिनभन्दा बढि अथवा आफु पछिल्लो समय महिनावारी भएको ६ हप्ता कटिसकेको खण्डमा भने महिनावारी चक्र नदोहोरिएको खण्डमा भने त्यसले शरीरको खराब स्वास्थ्य अवस्थातर्फ संकेत गर्ने भएकाले त्यस्तो अवस्थामा महिलाले अनिवार्य रुपमा उपचारका लागि चिकित्सको सल्लाह लिनुपर्दछ ।




