शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हरिनासमा एमालेका मानन्धर

हरिनासमा एमालेका मानन्धर


  • ढोरपाटन संबाददाता
  • जेष्ठ २ २०७९, सोमबार

स्याङ्जा/ हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमनारायण मानन्धर विजयी भएका छन् । ४ हजार ७६९ मत ल्याएर मानन्धर विजयी भएका हुन् ।उनले नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतअन्तरले पराजित गरेका हुन् । कांग्रेसका भुजेलले ४ हजार ७३२ मत ल्याएका छन् । मानन्धर यसअघिको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । उपाध्यक्षमा नेकपा एमालेकी ईन्द्रकुमारी राना थापा विजयी भएकी छन् । उनले ४ हजार ७४० मत ल्याएकी छन् । कांग्रेसकी मिठु लम्सालले ४ हजार ७१६ मत ल्याएर दोस्रो भइन् ।

सात वडा रहेको गाउँपालिकाको चार वडामा नेकपा एमाले र तीन वडामा नेपाली काग्रेसका उम्मेदवार विजयी भएका छन् ।वडा नं. १ मा कांग्रेसका ईन्द्रबहादुर गुरुङ, २ मा काग्रेसकै चित्रबहादुर थापा, ३ मा एमालेका ओमप्रकाश सिग्देल, ४ मा एमालेकै सन्तबहादुर थापा, ५ मा कांग्रेसका निर्मल लम्साल, ६ मा एमालेका दिलबहादुर राना र ७ मा एमालेकै भरत थापा अध्यक्षमा निर्वाचित भएका छन् । हरिनासमा कुल १४ हजार ८१९ मतदाता रहेकोमा ९ हजार ८१३ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->