शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाका सबै पालिकामा कार्यपालिका गठन

स्याङ्जाका सबै पालिकामा कार्यपालिका गठन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७९, शुक्रबार

स्याङ्जा/ स्थानीय तहको निर्वाचन भएको २० दिनमा स्याङ्जामा कार्यपालिकाले पूर्णता पाएको छ ।
निर्वाचनको एक हप्तामा ११ पालिकाको नतिजा निस्केको स्याङ्जामा दुई नगरपालिकासहित तीन गाउँपालिकामा नेकपा एमालेले कार्यपालिकामा आफ्ना उम्मेदवारलाई जिताएको हो भने नेपाली कांग्रेसले दुई नगरपालिका र एक गाउँपालिकामा एकल कार्यपालिकामा जित निकालेको हो ।

यस्तै एक नगरपालिका र दुई पालिकामा गठबन्धनसहित कांग्रेसले कार्यपालिकामा जित निकालेको हो । पुतलीबजार र भीरकोट नगरपालिका र फेदिखोलाँ गाउँपालिकामा नेपाली कांग्रेसले एकल कार्यपालिका जित्दा, अर्जुन चौपारी गाउँपालिकामा एक महिला र दलित माओवादी केन्द्र तथा अल्पसङख्य एकिकृत समाजवादीलाई दिएको हो ।
बिरुवा गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले आधा आधा कार्यपालिका जित्दा, वालिङ नगरपालिकामा माओवादी केन्द्रलाई एक दलित सदस्य लिएर अरु सात सदस्य कांग्रेसले लिएको हो ।

आँधिखोला, हरिनाश, कालिगण्डकी गाउँपालिका तथा गल्याङ र चापाकोट नगरपालिकामा सबै कार्यपालिका सदस्य एमालेले जितेको हो ।
कांग्रेसले प्रमुख तथा उप प्रमुख जितेको गल्याङ र चापाकोट नगरपालिकामा कार्यपालिकामा एमाले बहुमत देखिएको हो भने एमाले अध्यक्ष तथा उपाध्यक्ष जितेको बिरुवा, फेदिखोला गाउँपालिका र प्रमुख जितेको वालिङ नगरपालिकामा कांग्रेस र गठबन्धनले कार्यपालिकामा बहुमत बनाएको हो । कार्यपालिका गठन गर्दा अर्जुन चौपारी, आँधिखोला, भिरकोट, कालिगण्डकीमा निर्विरोध सदस्य निर्वाचित हुँदा अन्य पालिकामा निर्वाचन भएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->