शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वालिङ र भीरकोट जोडने झोलुंगे पुल बन्ने

वालिङ र भीरकोट जोडने झोलुंगे पुल बन्ने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७९, शनिबार

स्याङ्जा/ वालिङ नगरपालिका र भीरकोट नगरपालिका दुई नगर जोडने झोलुङ पुल निर्माण हुने भएको छ ।
बिएलटी कन्ट्रक्सन प्राइभेट लिमिटेडले २०७७ मा ७० लाखमा ठेक्का सम्झौता गरेपनि कोरोनाको कारण देखाउँदै काम ढिला गरी सुरु गरेको हो । २५० मिटर लामो पुल आगामी मङसिर सम्म सम्पन्न गर्ने म्याद रहेको छ । पुल निर्माण पश्चात भीरकोट ९ को साउन्दी, काभ्रे, चराङ, जुटडाँडा र वालिङ १४ को सिम्ले, थाना, करादी, शिरबानी, डुम्रेभञ्याङका एक हजार घरधुरी लाभान्वित हुने छन् ।

पुल निर्माणले विशेषगरी विद्यार्थीहरुले दुई घण्टाको बाटो हिँडेर जनसेवा मावि डुम्रेभञ्याङमा अध्ययनका लागी आउनुपर्ने बाध्यता हट्ने छ भने मोटरसाइकल समेत वारीपारी गर्न सहज हुनेछ । वनको बाटो, निकै पहरा, वनको खोल्सा जस्ता भौगोलिक विकटता रहेको बताउदै वालिङ १४ सिम्लेका यामबहादुर थापाले विद्यार्थीहरुले निकै संर्घषका साथ प्लस टु पढन डुम्रेभञ्याङ पुग्ने गरेको बताए ।

निकै लामो बाटो हुँदै पढन आउने विद्यार्थी पुल निर्माण भएपछि विद्यालय आउँन थोरै समय छुट्टयाए पनि हुने जनसेवा माविका प्रअ अन्नतराज अर्यालले जानकारी दिए ।विद्यालय आउजाउ गर्ने समय छोटो भएपछि अध्ययनमा समेत लगाव बढने आर्यलको भनाई थियो । पूर्वमन्त्री पद्मा अर्यालले पुलको शिलन्यासमा समयमै पुल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->