पोखरा/ पुतलीवजार नगरपालिका १ तीनधारेमा लागु औषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिका–१७ छोरेपाटन कास्कीका ३२ वर्षीय विजय परियारलाई अवैध लागुऔषध डाइजेपाम ४५ एम्पुल, नुर्फिन ४५ एम्पुल र फेनरागन ४५ सहित पक्राउ गरेको हो । सुनौलीदेखि पोखरातर्फ आउँदै गरेको लु १ ख ९०७७ नम्बरको बसमा सूचनाको आधारमा चेकजाच गर्ने क्रममा युवालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक पदमराज थापाले बताए । अवैध लागुऔषध सहित पक्राउ परेका परियारलाई लागुऔषध मुद्दामा अनुसन्धान अगाडी बढाएको थापाले बताए ।




